परिकल्पना
‘शान्ति सुशासन र विकासकालागी सशक्तिकरण’ भन्ने मुल उदेश्यका साथ नवलपरासी जिल्लाका सामाजीक व्याक्तिहरुको सक्रियतामा २०६८ साल फागुन ११ गते को भेलाले नेपालकै मध्यभागको कावासोती नगरीमा संचारगृह स्थापना गर्ने परिकल्पना गरीयो । २०६८ फागुन २६ गते कम्पनि रजिष्टार कार्यालयमा नेपाल मध्यबिन्दु मिडिया हाउस प्रा.लि. दर्ता गरी नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयको २०६९ मंसिर १० गतेको निर्णयले नेपाल मध्यविन्दु मिडिया हाउस मार्फत रेडियो सामथ्र्य संचालन गर्न दिने निर्णय गरी २०६९ मंसिर २६ गते प्रशारणकालागी इजाजत पत्र प्रदान प्राप्त गर्यो ।
संन्चालन
सत्य तथ्य सुचना, समचार र मनोरन्जन प्रदान गर्ने मुल आधारमा शान्ति सुशासन र विकासकालागी सशक्तिकरणको उदेश्यका साथ २०७० साउन २६ गते रेडियो सामथ्र्य एफ.एम. ९२.१ ले परिक्षण प्रशारणको विधिबत रुपमा आरम्भ गरेको हो ।
नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयले मिति २०७० चैत्र ६ गते नियमित प्रशारणको अनुमती प्रदान गरे पश्चात रेडियो तरङ्ग मार्फत आफ्ना नियमित प्रशारणलाई जनचाहना अनुसार कार्यक्रमहरु परिस्कृत गर्दै रेडियो सामथ्र्य ९२.१ मेघाहर्ज आवाज विहिनहरुको आवाजको रुपमा नवलपरासी जिल्लाकै पहिलो स्वतन्त्र रेडियोको रुपमा स्थापित हुन सफल रहेकोछ ।
नवलपरासी जिल्ला स्थित कावासोती नगरपालिकाको वडा नं. ३ मा स्थापित रेडियो सामथ्र्य ९२.१ मेघाहर्जले मिति २०६९ साल श्रावण २६ गते नेपालकै लोकमार्गको मध्यभागबाट १२ जिल्लाको साथै छिमेकि देश भारतका लाखौं श्रोताहरुलाई प्रत्यक्ष र ईन्टरनेट अनलाईन मार्फत बिश्वभरका लाखौं श्रोताहरुमा आफ्नो पहुँच र गुणस्तरिय सेवा प्रदान गरिरहेको छ । नवलपरासी जिल्लाकाका सम्पुर्ण रेडियोहरुमध्ये उच्च श्रोता सहभागितामा उत्कृष्ट कार्यक्रमहरु संपे्रषण गरेकोले रेडियो सामथ्र्य यस क्षेत्रकै उत्कृष्ट रेडियोको रुपमा रहेको छ । यसले विभिन्न रेडियो कार्यक्रमहरु उत्पादन गरी अन्य स्टेशन तथा संचार गृहलाई उपलब्ध गराउंदै समेत आएको छ ।
बिकासलाई एउटा सामाजिक रुपान्तरणको निरन्तर प्रकृयाको रुपमा लिन सकिन्छ । सूचना वा जानकारि सामाजिक रुपान्तरण प्रकृयाको अभिन्न सर्त हो । सूचनामा पहुच सबै नागरिकाको अधिकार हो। मानव जीवनको अविच्छिन्न अधिकार पनी हो । योे नागरिक एवं सामाजिक शसक्तिकरणको महत्वपूर्ण भाग हो । शुसासनकालागि पारदर्शिता आवश्यक पर्दछ । सञ्चार माध्यमको पहुँच आम नागरिकमा नपुगेसम्म पारदर्शिताको प्रवद्र्धन हुन सक्दैन । विकासलाई यसका पूर्वाधारहरुसंग मात्र नजोडि नागरीकको मानवीय क्षमताको बिकाससंग जोडेर हेरिनु पर्दछ । जसले मानव जिवनमा ज्ञान, सीप र सोच्ने वा विचार गर्ने क्षमताको बिकास गराउँदछ । आम सञ्चारका साधनहरु बिशेषतः छापा, टेलिभिजन, रेडियो बिना पारदर्शिता र मानबिय क्षमताको बिकास सम्भव छैन ।
नेपालको बर्तमान परिप्रेक्ष्यमा रेडियोबाट आम नागरिकलाई सामाजिक रुपान्रणको प्रक्रियामा समाहित गर्न अझ बढि महत्वपुर्ण सहयोग पुगेको छ । श्रोताप्रती उत्तरदायि सर्वसाधरणको पहुँचमा पुगेको सर्वसुलभ स्वतन्त्र रेडियोबाट नागरिक शसक्तिकरण, सुशासन प्रवद्र्धन र वृहत सामाजिक हित एवं रुपान्तरणकालागि योगदान गर्न सकिन्छ भन्ने मान्यता राखेर नेपाल मध्यविन्दु मिडिया हाउस प्रा.लि.द्वारा रेडियो सामथ्र्य को स्थापना भएको हो ।
नवलपरासी जिल्लाकै उत्कृष्ट स्वतन्त्र रेडियोको रुपमा स्थापित यस रेडियोले बर्ष देखि बिभिन्न सामाजिक बिकास एवं समुदायका सवालहरुमा केन्द्रित सामाजिक, आर्थिक, सास्कृतिक, समसामयिक, राजनीतिक आदि बिषयहरुमा केन्द्रित रहेर सूचनामुलक सन्देशहरु एवं शुद्ध मनोरञ्जनात्मक कार्यक्रम र शौक्षिक गतिविधीका साथै शौक्षिक संस्थाले समाज परिवर्तमा खेलेको भुमिकाहरु सञ्चालन गदै आईरहेको छ ।
हाम्रो जिम्मेवारी
रेडियोले विभिन्न सामाजिक बिकास संस्थाहरु, सरकारी निकायहरु, व्यवसायिक निकायहरु र ति संस्थाहरुले सञ्चालन गरेका कार्यक्रमहरुलाई जनसमक्ष पुर्याउनुु आफ्नो प्रमुख दायित्वकोरुपमा स्विकार गरी आफ्ना सम्पुर्ण प्रस्तुतिहरुमा समावेश गर्ने गरेको छ । रेडियोले सामाजीक दायित्वलाई आत्मसाथ गर्दै निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क आँखा जाच एवम् सल्यक्रिया शिविर, रक्तदान जस्ता कार्य समेत बार्षिक रुपमा गर्दै आई रहेको छ ।