लेखक संगिता सुवेदी
एक वर्ष पनि पुरा भएछ । उसंग भेटघाट नभएको । न फोन छ , न म्यासेज न त कुनै सामाजिक संजाल मार्फत् संचार नै । फेसबुक चलाउनुको एक मात्र उद्देश्य हुन्छ , उसैलाइ सर्च गर्नु। अहिलेसम्म डिएक्टिभेट छ उ।
नया ठाउ, नौलो परिवेश अनि प्रोगामको मेडालिटि पनि नयाँ । अलमल मै थिएँ म त । उसलाई भेट्नु भन्दा अगाडी । उसको वडामा पोखरी संरक्षणको क्रममा भेट भएको हो हाम्रो। सामाजिक परिचालक रीना बनिन् परिचयको माध्यम । रिना भन्थिन् उ उमेर होइन ब्यवहारले परिपक्व मान्छे । कार्यक्रमका बारेमा चासो दिएर सुन्थ्यो।आप्नो तर्फबाट के योगदान दिनुपर्छ भन्नेमा चनाखो हुन्थ्यो । अफिसमा र फिल्डमा पनि बारम्बार भेट हुन थाल्छ हाम्रो। म उसलाई उमेश जी भन्थे । उ मलाई मिस । फरक थियो उ, आफ्नो काम लिन फुर्काउने अनि स्वार्थ सिद्द गर्नेहरु भन्दा । सबै दोष अरुलाई दिने आफूले हातमा दही जमाएर बस्नेहरु भन्दा । शुरुका दिनहरुबाटै प्रभावित भए म। उ काम कसैलाई प्रभावित तुल्याउनको लागि गर्दैन । खुशी र आत्मासन्तुष्टिका लाागि गर्छ रे। त्यो सुनेर म झनै प्रभावित हुन्थे। उसको संस्थाले वातावरणीय सचेतना सम्बन्धी कार्यक्रम गर्दैछ । म प्रशिक्षकको रुपमा निम्त्याइएको छु । पिपलको पातमा अतिथिको ब्याज , खादाको ठाउमा माला । सिकेको सबै हुबहु। कार्यक्रम सकियो। मैले सोधें “मेरो नाम छैन र? वातावरण म्याम भनेको?” तपाइँको नाम अलिक गारो छ के। उ हाँस्छ । वृक्षारोपणको कार्यक्रम छ पर्सि । मिस आउनु पर्छ है। उ निम्तो दिन्छ ।
विहान ७ बजेतिर बर्दवा पुग्छु । २ विगाहा जति सार्वजनिक जग्गामा वृक्षारोपणको तयारी चल्दै छ। यो जमिन त पहिले धेरै थियो। थनेत थर भएका एक अधवैशे भन्छन्। पक्कै पनि मिचिदै गएको हुनुपर्छ । उमेश रफ पहिरनमा छ आज। के पाराको भएर आको आज? रिना जिस्काउछिन् उसलाई । अनि के माटो, पानी र मल संग काम गर्न पनि म दुलाहा जस्तो भएर आउनू त ? रिनासँग जिस्किन्छ उ। स्कूल पढ्ने बेलादेखिका साथी रे। विहानैदेखि चरा खस्ने जस्तो गर्मी छ । रुखका पातहरु स्थिर छन्। सबै हतारमा जस्तो देखिन्छन्। जेसुकै होस् गुरौ बाले माइक पाएपछि लामै बोल्छन । वृक्षारोपण शुरु हुन्छ। सबै विरुवा रोपेजस्तो गरी सेल्फी खिच्नै मस्त छन्। उमेश यसरी काम गरिरहेको जस्तो कि ति विरुवाहरु उसका लालाबाला हुन्। रमाउदै खाल्डो बनाउछ। होस पूर्वक चाँगबाट एउटा विरुवा निकाल्छ। जतनले रोप्दै माटोको ओकेरा लगाउछ । उसको काम हेर्छु । लाग्छ उ विरुवामा पानीसंगै प्रेम खन्याउछ । मिसलाई आज चिच्चर खुवाउने प्लान छ हाम्रो। उमेश र रीना एकैसाथ भन्छन्। के रहेछ त्यो चिच्चर कौतुहल हुन्छु। वृक्षारोपण सकिन्छ। रीनाको घरतिर लाग्छौं ।रीनाको आमाले खाना लगाउनुहुन्छ। चिच्चर खाने हतारो छ। भागमा देख्दिन। खै त चिच्चर ? हल्का असजिलो मान्दै सोध्छु म। उनीहरु गासै रोकेर हाँस्छन्। घिउमा पकाइएको अनदीको चामलको भातलाई त्यहाँ चिच्चर भनिदो रहेछ। मिस तपाई वातावरणविद् अनि म वातावरणकर्मी । हाम्रो जोडी जम्ने भो । उमेशको कुरा सुनेर आँखी भौ तन्काउछे रिना। के को जोडी नि? मिसको त व्वाइफ्रेन्ड छ । व्वाइफ्रेन्ड त के मिसको श्रीमान् नै भए पनि मलाई फरक पर्दैन। मिससँग मेरो सम्बन्ध वातावरणको जो छ । उ जवाफ दिन्छ । पाहुनालाई सत्कार गरिन्छ। माया पनि गरिएला। तर घरको सदस्य नै बनाउने इराधा कसैको हुदैन। रीना अनुहार मलिन बनाउछिन् । नसोची बोले भन्ने पछुतो उनको मुहारमा प्रष्ट देखिन्छ। प्रसंग बदल्छिन् रिना । तिमिले पक्कै वडाध्यक्ष जित्छौ। जवाफमा उमेश भन्छ˗ यति सानो उमेरमा यति ठुलो जिम्मेवारी पाएँ । पार्टीले लायक सम्झियो । यही नै मेरो जित हो।
असारको गर्मी भन्दा तातो छ चुनावी गर्मी । उमेशले जितोस्। मेरो भित्रि चाहाना छ। पर्वाह छैन उ कुन पार्टीको। वातावरणको साइनो जो हो। सबै साइनो भन्दा माथि। केहीले फरक नपार्ने।निर्वाचन सम्पन्न हुन्छ। जस्तोसुकै परीक्षामा पनि ९ नबज्दै निदाउने म। त्यो रात १२ बजेसम्म एफ एमका च्यानलहरु बदलिरहन्छु । उ भारी मतले अगाडी छ। त्यसमाथि वडाबासीलाई रिझाएको मान्छे अनि वडाबासीले रुचाएको मान्छे । ढुक्क हुन्छु अनि सुत्छु । अफिसमा पनि तिनै गफ छन्। आ.ई.टी रुम बाट सुन्छु ,वडा नं ७ को विजयी ˗याली आयो भनेको। झ्याल हत्तपत्त खोल्छु ।उसको विजयी अनुहार हेर्न। माला र अबिरले उसको अनुहार नै चिन्न नसकिने भएको छ। अफिसको काम सकिएपछि कोठातिर लाग्छु। अफ भएको मोबाइल चार्ज गर्छृ। फोन गर्छु उसलाई।उसको विजयी स्वर सुन्न हतार छ मलाई। उठेन फोन। कयौं पटक गर्दा पनि उठेन।बिजी होला भोलि गर्छ। ढुक्क भएर सुत्छु। सदा झैं अर्को दिन अफिस पुग्छु। पश्चिमबाट सूर्य उदायो,अचम्म भो,अन्र्तघात,पैसाको खेलो यस्तै शब्दहरु सुन्छु। वडा नं ७ मा उमेशले होइन अरुले नै जितेछ। विश्वास नै गर्न नसकिने तर गर्नै पर्ने । भन्छन् राजनीतिमा जे पनि जायज हुन्छ । हो रहेछ। उसलाइ भेटेर धेरै कुरा भन्नुछ। अपुरा कामहरु बाँकी छन् ।तिम्रो आत्मविश्वास टुट्दा शहर फोहरको डंगुर बनेको छ। तिमी मौन बस्दा बेतिथिहरुले र्र्कुिलने मौका पाएका छन्। यो नगरलाई तिम्रो पैरवीको खाँचो छ। एकपटकको चुनाव हारे त के भो तिमी मेरो मन जितेको मान्छे हौ।

SHARE