कवासोती/मंसिर २३  
सागर पोख्रेल
सान उमेर देखी तृष्ण स्वभावका अच्युत सरण लम्सालको जन्म विक्रम सम्वत २०४९ माघ ७ गते स्याङ्गजा जिल्लाको ज्याग्दीखोलाको किन्नेवास गैरी बेलडाँडा भन्ने ठाँउमा भएको थियो
सानै उमेरमा नै धार्मिक अनुष्ठानमा दत्तचित्त भएर लागी रहने लम्सालले आफ्नो बुबालाई भने कहिल्यै देख्न् पायन्न । उनी गर्भमा रहदामै बुबा ध्रुबराज लम्सालको देवहासन भएको थियो । अच्युत सरण यस धर्तीमा पाईला टेक्दा बुबाको स्वर्गारहण भएको ३६ दिन भई सकेको थियो ।
मता पर्बती लम्साल र पिता ध्रुवराज लम्सालको कोख बाट कान्छो सुपुत्रको रुपमा जन्मीएका अच्युत शरण ६ बर्षको उमेरमा देवधाटका भगवत भत्तलको साथमा गुरु शिक्षा लिन देवधाट आए । सामान्य जीवन विताउदै गुरुको शिक्षालाई मन्न गर्दै कक्षा ६ सम्मको शिक्षा देवधाटबाटै लिए । अध्यन्नमा समेत अब्बल रहेका लम्साललाई पछि दाजुले कक्षा ७ बाट एस.ओ.एस बाल ग्राममा पुर्ण छात्रबृतिमा अध्यन गर्ने मौका समेत पाए । कक्षा १२ सम्मको पढाइृ पछि थप शिक्षा प्राप्तीका लागी बृन्दावनमा गुरुहरु सग धार्मिक शिक्षा लिन थाले । केही समयको बृन्दाबनको बसाई पछि घर फर्की पुन बनारस जाने आउने क्रम रह्यो ।
सानै उमेर देखी श्रमिद् भागवत कथा प्रवचनमा अब्बल रहेकै कारण विभिन्न संध संस्था र व्याक्तिगत रुपमा सञ्चालन ग्रीने ज्ञानमहायज्ञमा मुख्य बाचककै रुपमा कथा बाचन गर्न लागे ।
धर्मिक अनुष्ठानमा लाग्दै गर्दा अहिले उनी विगत ३ बर्ष देखी सास्तृय सङित पनि अध्ययन गर्दै आइृरहेका छन भने आचार्य पनि गर्दैछन ।
युवा प्रखर वाचकको रुपमा परिचित अच्युत शरण प्रमुख बाचकको रुपमा रहेका श्री त्रिभुवन बाल मा.वि. ढोकीमा उनको कथा बाचन र नाटकिय रुपमा गरीने सङ्गतिमय कथा वाचनबाट सबैको मन जित्न सफल भए । ढोकी विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजीत धनधान्याचल महायज्ञमा उनी व्यासको रुपमा रहेका थिए । उनको श्रीमद् भागवत बाचनबाट स्थानी सबैलाई प्रभावित पार्न सफल भए र विद्यालयको कुसल व्यावस्थापन र कथा वाचनबाट सबैको मन ान्न सफल हुदै करीब सवा ४ करोड रकम बराबरको नगद र जिन्सी संकलन गर्न सफल समेत रह्यो ।
अहिले नव उदयमान श्रीमद् भागवत कथा वचकको रुपमा आफुलाइृ चिनाएका छन । भर्खर २६ बर्ष प्रवेश गरेका बालसन्त युवा प्रखर वाचक लम्साल अहिले नेपाल मात्र नभई भारतीय धार्मिक कार्यमा समेत आमन्त्रित हुन थालेका छन । अहिले उनी व्यस्त वाचकको रुपमा मेत रहेका छन ।

अाज ढाेकि स्कुलकाे स्वर्ण महाेत्सवकाे अन्तिम दिवाकालिन समय । दानविरकाे धुईचाे , दान दिन लाईन बस्दै दानविरहरु

Gepostet von Samarthyafm Kawasoti am Dienstag, 4. Dezember 2018

SHARE