कावासोती
सागर पोख्रेल
केन्द्रले जिल्ला एकताको विषय टुंगो लगाए पछि नवलपुरमा पनि नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता स्थानीय तहमा टुंगिएको छ ।
चार नगरपालिका र ४ गाउँपालिका रहेको नवलपुरमा नगरपालिकामा २, २ अध्यक्ष र २, २ मा सचिव बाडिएको छ भने ४ गाउँपालिका मध्ये ३ मा पूर्व एमाले र १ मा पूर्व माओवादी केन्द्रले अध्यक्ष लिएको छ । त्यस्तै गाउँपालिकाका ३ सचिव माओवादी केन्द्रले र १ सचिव एमालेले लिएको छ ।
८ स्थानीय तहम नाम जिम्मेवारी समेत तय गरिसकेको छ ।

जस अन्र्तगत गैडाकोट नगरपालिकाको अध्यक्षमा पूर्व एमालेबाट षडानन्द लामिछान सचिबमा पूर्व माओवादीबाट श्यामसुन्दर लामिछान , देवचुली नगरपालिकाको अध्यक्षमा पुर्व माओवादी बाट प्रेमा खनाल, सचिबमा पुर्व एमाले वाट डिलाराम पाण्डे , कावासोती नगरपालिकाको अध्यक्षमा पुर्व एमाले बाट बिष्णु ढुङाना सचिबमा पुर्व माओवादी बाट रमिला भुजेल, मध्यविन्दुमा पुर्व माओवादी बाट टीकाराम धर्ती , सचिबमा पुर्व एमालेबाट दुर्गा प्रसाद भुत्येल रहनु भएको छ भने गाँउ पालिकामा अन्र्तगत पुर्व एमाले बाट टंक माकिम पूर्व एमाले सचिबमा माओवादीबाट यम बहादुर सारु , बौदीकालीमा पुर्व एमालेबाट श्यामसुन्दर श्रेष्ठ सचिबमा पुर्व माओवादीबाट तेजबाहादुर पुलामी , हुप्सेकोटमा पुर्व माओवादीबाट चन्द्र बहादुर थापा , सचिबमा पुर्व एमालेबाट झविलाल राना, त्यस्त विनयी त्रिवेणी मा पुर्व एमालेबाट रीपलाल वि.क सचिबमा पुर्व माओवादीबाट कृष्ण प्रसाद पाण्डेको नाम सिफारीस भएको नेकपा कार्यालयले नवलपुरका कार्यालय सचिब नारायण तिमल्सीनाले जानकारी दिनुभयो ।

SHARE