कावासोती बैशाख २५
भुकम्पबाट बच्न बचाउन र यसबाट हुने सम्भाबित जोखिम कम गर्ने उद्देश्यले पुर्बी नवलपरासीको शिब नमुना माध्यमिक बिद्यालयमा पहिलो पटक भुकम्प मापन यन्त्र जडान गरिएको छ ।

शिब नमुना माध्यमिक बिद्यालय कावासोतीले बिद्यालयमा भुकम्प शिक्षा कार्यक्रम शुरु गरे पछि यहाँका बिद्यार्थीले भुकम्प शिक्षा का बारेमा बिद्यालयमा नै ज्ञान लिन सक्ने बिद्यालयका प्रधानध्यापक अर्जुन पौडेलले बताउनुभयो ।

बिद्यालयमा जडान गरिएको सिस्टोमिटर जडान ले भुकम्प आईसके पछि र कहाँ कसरी आयो ,कुन ठाउँलाई केन्द्र बिन्दु बनाएर आयो भन्ने बिषयमा यसबाट पत्ता लाग्ने भुकम्प बिद् शिब सुबदीले बताउनुभयो ।

गण्डकी प्रदेशका २३ बिद्यालयमा सिस्मोमिटर जडान गरिने र नवलपुर जिल्लाको पहिलो बिद्यालयका रुपमा यो जडान गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।

शिब नमुना माध्यमिक बिद्यालयमा पहिलो पटक जडान गरिएको सो सिस्मोमिटर ले यस क्षेत्रमा भुकम्पको मापन गरेर गाति पत्ता लगाउने भुकम्प बिद् शिब सुबेदीले बताउनुभयो । साथै बिद्यार्थीहरुलाई भुकम्प शिक्षा का बारेमा पनि ज्ञान दिईने गरि बिद्यालयले आबश्यक भुकम्प शिक्षा कार्यक्रम संचालनमा ल्याएको बिद्यालयका प्रधानध्यापक पौडेलले बताउनुभयो ।

सो कार्यक्रमको शिक्षा बिकास समन्बय ईकाईका प्रमुख कृण्णचन्द्र पोखरेलले शुभारम्भ गर्दै भुकम्प बाट हुन सक्ने सम्भाबित जोखिमबाट बच्न बिद्यालयमा जडान गरिएको सिस्मोमिटर मापन यन्त्रले सबैलाई सचेत बनाउने बताउनुभयो ।

SHARE