बैशाख ३०परासी ।

परासीमा सोमबार विहान भएको सवारी दुर्घटनामा परी पूर्वी नवलपरासीको कावासोती ३ निवासी २८ बर्षीय डम्बर बहादुर गुरुङ्ग सुनिलको निधन भएको छ ।
ना २९ प ५६४७ को मोटरसाइकलमा ससुराली गएर घर फर्कदै गरेको अवस्थामा दुर्घटनामा परी उनको निधन भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारका लागि परासीको जिल्ला अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेपछि मृतकको शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ ।
घर फर्कदै गर्दा रामग्राम १२ कसरी स्थित सशस्त्र क्याम्प अगाडि रोकिराखेको ना २५ प ९०१३ मोटरसाइकलसँग पछाडिबाट ठक्कर खाएर सडक छेउ लडेका गुरुङ्गलाई भूमहीबाट परासी जाँदै गरेको लु ३५ प ३४०१ नम्बरको स्कुटीले पुन ठक्कर दिएको प्रहरीले जनाएको छ ।

SHARE