कावासोती
जेष्ठ १
नवलपुर जिल्लामा पछिल्लो समय होटलहरुमा यौनजन्य क्रियाकलाप बढेको समचार आय सगै होटल तथा रेष्टुरेन्टहरुमा छापा मार्न थालेको छ ।
विशेष गरी नारायणी नदी तटिय क्षेत्रमा खोलीएका होटल रेष्टुरेन्टहरुमा यस्ता अर्नैतिक यौन जन्य क्रियाकलाप भएको मा प्रहरीले चासो नदिएको भन्दै समचार आउन थालेपछि प्रहरीले होटलहरुमा छाँपा मार्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व (नवलपुर)का डिएसपी अर्जुन रानाभाटले यस गतिविधिबारे अनुसन्धान गर्ने बताएको हेही दिन भित्रमा नै छापामारी ७ जनालाई नियन्त्रणमा लिएको छ ।
मध्यबिन्दु २ नन्दपुरमा रहेको रिमझिम होटलबाट २ जना महिला ,४ जना पुरुष र होटल सञ्चालक गरी सात जनालाई हिजो मध्यरातमा पक्राउ गरेको हो ।
राति १२ बजेको समयमा प्रहरी चौकी कोल्हुवा र जिल्ला प्रहरी कार्यालय नवलपुरको सयुक्त टोलीले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरीले मध्यबिन्दु नगरपालीका २ मा रहेको रिमझिम होटलबाट यौन क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ गरेको दाबि गरेको छ । प्रहरीले गोप्य सुचनाको आधारमा राति १२ बजे छापा मारी होटल संचालक सहित ३ जना महिला र ४ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।
अनैतिक क्रियाकलापमा संलग्न भएको सूचना पाए लगत्तै छाँपा मारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । होटलको कोठामा छापा मार्दा त्यहाँको अवस्था आपत्तिजनक पाइएपछि तत्काल प्रहरीले पक्राउ गरेर आवश्यक जाँचबुझ थालेको बताएको छ । पक्राउ परेकाको बयान लिएर आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

यौनजन्य क्रियाकलापले होमस्टे र ठुला होटलहरुमा असर पुग्छ ः केन्द्रिय होमस्टे एशोसियशनका महासचिब

विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत नारायणी तटियमा खोलीएका ठुला होटल तथा सामुहक रुपमा खोलीएका होमस्टेको व्यापार व्यावसायमा समेत असर पुग्ने अमलटारी होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनियाले बताउनु भयो ।
अध्यक्ष मर्दनियाले यस्ता क्रियाकलापले पर्यटनहरुको गन्तब्य स्थलको रुपमा विकास हुदै गएको यस क्षेत्रमा गम्भिर असर पुग्ने भन्दै त्यस्ता गतिविधि संचालन गर्ने होटल व्यावसायीहरुलाई कानुन अनुसार कारवाहि गर्नुपर्ने बताउनु भयो । साथै उहाँले यस क्षेत्रको पर्यटन विकास गर्न होटल व्यावसायीहरुलाई त्यस्ता गतिविधि संचालन नगर्न समेत अनुरोध गर्नुभयो ।

SHARE