1. जेष्ठ ३ कावासोती
    नवलपुरमा गण्डकी प्रदेश स्तरीय गण्डक काव्यधारा सुरु हुने भएको छ । कावासोती नगरपालिकाको आर्थिक सहयोगमा संगै मध्यबिन्दु प्रज्ञा प्रतिष्ठान नेपाल,लुम्बिनि बाङ्गमय प्रतिष्ठान नेपाल आयोजनामा शनिबार उक्त कार्यक्रम गर्न लागीएको आज आयोजीत पत्रकार भेटधाट कार्यक्रममा जानकारी गराईएको थियो ।
    जनताले अनुभुत गरेका तर अभिव्यक्ती गर्न नसकेको विषयहरुलाई उक्तm कार्यक्रममा कबिता स्वरुप प्रस्तुत गर्ने मध्यबिन्दु प्रज्ञा प्रतिष्ठनका नेपालका अध्यक्ष जिवन सापकोटाले बताउनु भयो । उक्तm कार्यक्रमा आख्यानकार सरु भक्त प्रमुख अतिथिको रुपमा आउने उहाँले बताउनु भयो ।
    गण्डकी प्रदेश भरीका समसामहीक विषयबस्तुलाई कबितामा प्रस्तुत गरी सबै माझ पु¥याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको लुम्विनी वाङमय प्रतिष्ठानका अध्यक्ष एवम् साहित्यकार डा क्टर धनपति कोइरालले जानकारी दिनुभयो ।
    उहाँले उक्तm साहित्य कार्यक्रम गण्डकी प्रदेशको प्रदेश स्तरीय पहिलो कार्यक्रमको रुपमा सम्पन्न हुने बताउनु भयो । उक्त कार्यक्रममा नेपालको पद्द कबिताको क्षेत्रमा पछिल्लो पटक साहित्यकार नवराज लम्सालको धरा कृति र साहित्यकार गोबिन्दराज विनोदीको कै कै महाकाव्यलाई स्रोण पदक सहित सम्मान गर्ने कोइरालाले बताउनु भयो ।
    कार्यक्रम दुई चरणमा रहेको छ । नवलपुरमा गण्डकी प्रदेश स्तरीय गण्डक काव्यधारा मध्य गण्डक काव्यधारा पहिलो चरण शनिवार कावासोती नगरपालीकाको सभाहमा बिहान ७ बजे बाट सुरु गरीने र कार्यक्रमको दोस्रो चरण मध्यबिन्दु बहुमुखी क्याम्पसको सभाहलमा बिहान ११ बजे बाट सुरु गरीने सापकोटाले जानाकारी दिनु भयो ।
SHARE