कावासोती , जेष्ठ १६
कावासोती १६ मा रहेको मध्यविन्दु हरीयाली सामुदायिक वन उपभोक्ता समितिले स्थानिय युवाक्लवलाई करीब ६० हजार बरावरको खेलकुद सामाग्री सामुदायिक वनका अध्यक्ष रोम प्रदास न्यौपाने, उपाध्यक्ष चन्द्र बहादुर महतरा सहित समितिका पदाधिकारी सहित हस्तान्तरण गरेको छ ।
स्थानिय युवाहरुको खेल क्षेत्रमा विकास गर्न उदेश्यका साथ आर्थिक बर्ष २०७५ / ०७६ को वार्षिक कार्य योजना अनुसार कावासोती १६, शहीदनगरमा रहेको सनलाईट युवा क्ल्वका अध्यक्ष गोपाल श्रीपालीलाई जर्सी २० सेट, बल २० पिस, कोन २० पिस, नेट २ पिस चाईीनज पोष्ट २ पिस हस्तान्तरण गरीएको मध्यविन्दु सामुदायिक हरीयाली संस्थाकी सचिब केशमायाँ कुवरले जानकारी दिनुभयो ।
मध्यविन्दु सामुदायिक हरीयाली सामुदायिक वन उपभोक्ता समितिले यस अगी मध्यविन्दु जिल्ला अस्पताललाई अफीस फर्निचर समेत हस्तान्तरण गरेको थियो ।

SHARE