अन्तर मावि छात्रछात्रा राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत नवलपुर जिल्लाको क्षेत्रिय चरणको खेल नवलपुरमा शुरू भएको छ । नवलपुर जिल्ला फुटबल संघको आयोजनामा शुरू भएको खेलको मंगलबार भएको उद्घाटन खेलमा सेन्टपल बोर्डिङ स्कुल कावासोति १७ बिजय भएको छ । समता शिक्षा निकेतन कावासोतिलाई शुन्यका विरूद्ध तीन गोल गर्दै सन्टपोल बिजयी भएको हो । प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो खेलमा नवल बोर्डिङ र बाइड भिजन बिच प्रतिशपर्धा हुनेछ । भने दोस्रो खेलमा सहिद स्मृति र जनता मावि बिष्णुनगर बिच खेल हुने एन्फा नवलपुर जिल्ला अध्यक्ष सेतमान पुनले जानकारी दिनु भयो । क्षेत्रिय खेलबाट जिल्ला स्तरिय फाईनल खेल सञ्चालन गरिनेछ । जिल्लाको बिजय टोलि प्रदेश स्तरिय खेलमा सहभागी जनाउने छन् भने प्रदेशबाट राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।

SHARE