सागर पोख्रेल
कावासोती, जेष्ठ २९
नवलपुर जिल्लाको मात्र नभई राष्ट्रिय गहनाको रुपमा रहेका गायक रमेशराज भट्टराईले हालै ‘भ्रष्टाचार’ नामक गित सार्वजनिक गरेका छन ।
पछिल्लो समय देशमा व्याप्त भ्रष्टचार, लुट, बलत्कार, पत्रकार सबै धटना र परीवेशलाई समेटीएर भ्रष्टाचार गित तयार पारेका छन । समाज परीवर्तन तर्फ भन्दा अनैतिक कार्य, भ्रष्टचार जस्ता कार्यमा फस्दै गएको भन्दै जनप्रतिनिधि चयन गर्दा समेत आम जनताले सचेत भएर आफ्ना प्रतिनिधि छान्न आग्रह गरीएको गित भ्रष्टाचार सार्वजनिक गरेका हुन । उनले गित बाटै “सधैँ भरि गाली गर्छौँ नेता नेता भनी, भेडा भन्दा कम्ती छैनौँ हामी जनता पनि’ भन्ने अंशबाट जनता भित्रका कमजोरीहरूलाई बाहीर ल्याउने जर्मको गरेका छन् ।
बेहुला बनाउछु भन्थी, बहुला वनायर गई , बबाल भो बबाल भो, जस्ता सयौ गित गायका गायक भट्टराईले राष्ट्र र राष्ट्रियता प्रति आम नागरीक सजक हुनु पर्ने भन्दै सचेतना र सन्देश मुलक गित बजारमा ल्याएका हुन । गायक रमेश राजले देशको सिमाना देखि निर्मला हत्यासम्म अनि गणतन्त्र देखि वाक स्वतन्त्रता सम्मका विषय यौटै गीतमा उठाएका छन् ।
नेताहरूको विरुद्ध बोल्दा, बेथितिको विरुद्ध बोल्दा अथवा भ्रष्टाचारको विरुद्ध बोल्दा समाज कसरी विभक्त हुन्छ र पक्ष विपक्षमा विभाजित रेखा स्पष्ट देखिन्छ भन्ने कुरा गीतले देखाउन खोजेको छ ।
रमेशराज भट्टराईको आफ्नै स्वर शब्द र सङ्गीत रहेको गीत केशव बडुले वाद्यवादन संयोजन गरेका हुन भने मारुनी स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो । गीतको साधारण भिडियो बनाइएको छ । दुर्गा पौडेलले निर्देशन निर्देशन गरेको भिडियो नवीन घर्तीले सम्पादन गरेका छन् ।
भिडियो हेर्न र सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

SHARE