नवलपरासी, २१ असार ।
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा शनिबार कावासोतीमा महिला खेलाडीका लागि क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ ।

नवलपुरका विभिन्न विद्यालयहरुका छात्राहरुको सहभागिता रहेको कार्यक्रम शनिबार र आइतबार दुई दिनसम्म चल्ने छ ।
जिल्ला खेलकुद विकास समिति नवलपुरको समन्वयमा भएको कार्यक्रम सहभागी छात्राहरुलाई राष्ट्रपति खेलकुद महिला सहभागिता बढाउनका लागि कार्यक्रम गरिएको हो ।
क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन कार्यक्रम नवलपुरका शिक्षा तथा समन्वय इकाई प्रमुख कृष्णचन्द्र पोख्रेल, जीवन ज्योति माविका अध्यक्ष रामकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जीवन ज्योति माविका शिक्षक दीपक सुवेदीले गरेका थिए ।
नवलपरासीमा २३ र २४ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेलहरु हुँदैछ ।

SHARE