खगेन्द्र पराजुली
१९ श्रावण, नवलपुर । 
मृगौला पिडित निमकला भटराई (सुनिता) को सहयोगका लागी अपिल गरिएको छ । बिगत ५ बर्षदेखि दुबै मृगौला खराव भएपछि निरन्तर उपचार गराईरहेकी कावासोती ६ की २६ बर्षीया निमकला भटराई (सुनिता) को उपचारका लागी परिवारद्धारा सहयोगको याचना गरिएको हो । 
कावासोती नगरपालिका वडा नम्वर ६ नयाँगाउँको पूर्बटोलमा स्थायी बसोबास गर्दै आउनुभएका टिकाराम भटराईका छोरी बिगत ५ वर्षदेखि दुबै मृगौला खराव भएपछि उपचारका लागी १ बर्षसम्म बिहारको सुनैना हस्पिटल लगायत दिल्लीका थुप्रै अस्पतालमा उपचार गर्दा समेत निको नभएपछि अहिले भरतपुर स्थित पुरानो मेडिकल कलेजमा नियमित उपचार र हप्तामा २ पटक डाएलासिस गराउँदै आउनुभएको छ ।
अहिलेसम्म मृगौला पिडित सुनिताको उपचारका क्रममा ८०–८५ लाख रुपैया खर्च भईसकेको पिडितका बुवाले बताउनुभयो ।
वहाँले भावुक मुद्रामा छोरीको उपचारका लागी आफूसँग भएको घर–जग्गा–जमिन सबै बैंकमा धितो राखेर उपचार गर्दा पनि निको नभएपछि अहिले सहयोगका लागी अनुरोध गर्नुभएको हो ।
मृगौला प्रत्यारोपण गरे छोरी निको हुने अस्पतालले बताएपछि खर्च जुटाएर छोरीको जीवन बचाईदिन वहाँले सम्पूर्ण सहयोगी मनहरुमा आग्रह गर्नुभएको छ ।
मृगौला प्रत्यारोपण गर्न ४० लाख रुपैया लाग्ने थाहा पाएको वहाँले सुनाउनुभयो ।
आफूलाई सामाजिक कार्यमा समर्पित गर्दै आउनुभएका बुबा टिकाराम भटराईले छोरीको उपचारमा सहयोग पुर्याउने बिश्वासका साथ आजै (आईतवार) कावासोती स्थित एनसीसी बैंकमा मृगौला पिडित निमकला भटराईको नाममा रहेको खाता नम्वर ११२०००००२१४०१को बैंक–खाता खोल्नुभएको छ ।
थप आवश्यक जानकारीका लागी फोन नम्वर ९८४७१२१७१२ मा फोन गरी सहयोग गरिदिन समेत आग्रह गर्नुभएको छ ।
मृगौला पिडित बिरामी निमकला भटराई मध्यबिन्दु बहुमुखी क्याम्पसमा डिप्लोमा तहमा अध्ययनरत हुनुहुन्छ । हाल वहाँले रोगको असर बढेको र उपचारमा रहनुपरेका कारण परीक्षामा समेत सहभागी हुन नसकेको परिवारले जनाएको छ ।
SHARE