सागर पोख्रेल
भाद्र ५
नेकपा प्रदेश नंवर ५ का सह इन्चार्ज तथा प्रदेश नं. ५ का भौतिक पुर्वधार मन्त्री बैजनाथ चौधरीले शुक्रबार नवलपुर जिल्लाका कम्युनिष्ट आन्दोलनका नेता स्व. यदु कुमार श्रेष्ठ प्रति उहाँकै निवासमा श्रदान्जली व्यक्त गर्नु भएको छ ।
कम्युनिष्ट नेता यदु कुमार श्रेष्ठको गत भाद्र १ गते उपचारको क्रममा निधन भएको थियो ।
भुमिगत समयमा तत्कालीन बाम गठवन्धनको सेन्टरको रुपमा स्व. श्रेष्ठको घरलाई प्रयोग गरीदै आएका थिए ।
प्रदेश नं. ५ का भौतिक पुर्वधार मन्त्री बैजनाथ चौधरीले श्रेष्ठको निधनले पाटीलाइृ अपुर्णनिय क्षती पुगेको बताउनु भयो साथै मन्त्री चौधरीले स्व. श्रेष्ठको तस्वीरमा माल्यापण समेत अर्पण गर्नुभएको थियो । सो अवसरमा संविधान सभा सदस्य कृष्ण पौडेल, जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा मगर, नेकपा प्रदेश कमिटि , जिल्ला कमिटीहरुले समेत श्रदान्जली व्यक्त गर्नु भएको थियो ।

SHARE