सागर पोख्रेल 
भाद्र ५
शुक्रबार बाट सुरु ३५ औँ युनाईटेड गोल्डकप को उद्धाटन खेलमा आयोजक टिम युनाईटेड क्लव गिरुवारी रातोले ३–० गोलले शुरुवाती अग्रता लिएको छ । युनाईटेड युवा क्लवको आयोजनामा नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ३, गिरुवारिमा शुक्रबार देखी खेल शुभराम्भ भएको थियो ।
उद्धाटन खेलमा युनाईटेड क्लव गिरुवारी रातोले कावासोती खेलकुद विकास समितिलाई ३–० गोलको ले विजयी भएको युनाईटेड गोल्डकपका खेल संयोजक ईश्वरि प्रसाद रेग्मीले जानकारि दिनुभएको हो ।
“स्वास्थ्यकोलागि खेलकुद, राष्ट्रकोलागि खेलकुद” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिता गिरुवारिमा रहेकोसरस्वति सँस्कृत तथा साधारण उच्च माविको प्राङ्गणमा शुरु भएको छ ।
सनिवारको खेल शान्ति दिप युवा क्लव पृथ्वी नगर र युनाईटेड क्लव अरुणखोला बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले रु २ लाख नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने, द्धित्तिय हुने टिमले नगद रु १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । साथै प्रतियोगितामा शान्त्वना स्थान हासिल गर्ने वा सेमिफाईनलवाट वाहिरिने २ वटा टिमलाई २० र २० हजार रुपैँया प्रदान गरिने खेल संयोजक रेग्मीले वताउनुभयो ।

SHARE