नवलपुर, १५ भाद्र ।

भोली सोमवार परेको हरितालिका तीजको अवसरमा आयोजित तीज गीत प्रतियोगिताको अन्तिम तयारी भैरेहेको छ । नवलपरासी जिल्लाकै पहिलो व्यवसायिक रेडियोको रुपमा स्थापित भई गण्डकी प्रदेश भित्र रहेका व्यवसायीक रेडियोहरुलाई एकिकृत गराउदै संचार क्षेत्रमा क्रियाशील नेपाल मध्यविन्दु मिडिया हाउस प्रा.लिद्धारा संचालीत रेडियो सामर्थ्य ९२.१ मेगाहर्जको आयोजनामा तीज गित प्रतियोगीता एवम् विविध सास्कृतिक कार्यक्रम अन्तिम तयारी हुदै गरेको हो ।

नेपाली नारीहरुको महान पर्व हरीतालिका (तीज) को पावन अवसरमा रेडियो सामथ्र्य ९२.१ मेगाहर्ज र सनलाईट सामुदायिक विकास केन्द्रको आयोजनामा हुने जनचेतना मुलक खुल्ला तीज गित प्रतियोगीता–२०७६ भोली बिहान ११ बजेखि कावासोती १६ डण्डास्थित सनलाईट सामुदायिक विकास केन्द्र खेल मैदानमा हुने रेडियो सामथ्र्यका प्रवन्ध निर्देशक सागर पोख्रेलले जानकारी दिनुभयो ।

रेडियोले अन्य संघ संस्थासँगको सहकार्यमा कावासोती १६ ,डण्डाको खेल मैदानमा सचेतना मुलक तीज गित कार्यक्रम आयोजना गर्न लागीएको बताउनुभयो । प्रतियोगितामा महिला स्वास्थ्य तथा प्रजनन्, खानेपानी तथा सर–सफाई, बन तथा बातावरण संरक्षण र महिला सशक्तिकरणका बिषय समेटेर प्रतियोगीताको बिषयको रुपमा समेटिएको निर्देशक पोख्रेलले जानकारी दिनुभयो ।

प्रतियोगीतामा प्रथम पुरस्कार रु १३३३३, दोस्रो ९९९९, तेस्रो रु ७७७७, सान्तोना ५५५५ पुरस्कार राशी रहेको समेत जानकारी दिनुभयो ।

प्रतियोगीतामा सहभागी हुने समुहले भोली बिहान विहान ११ बजे सम्म पनि समुह दर्ता गर्न सक्ने र समुह दर्ता रेडियोको कार्यालय वा सनलाईट सामुदायिक विकास केन्द्रको कार्यालय कावासोती–१६ मा गर्न सकिने जनाउनुभएको छ ।
प्रतियोगिता रेडियो सामथ्र्य ९२.२ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण गरिने प्रबन्ध निर्देशक पोख्रेलले बताउनुभयो ।

SHARE