खगेन्द्र पराजुली
१८ भदौ, नवलपुर ।

ज्येष्ठ नागरीकको सुरक्षा तथा अपराध नियन्त्रण सम्वन्धमा बर्दघाटमा अन्तरक्रिया सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी अन्तर्गत आज बर्दघाट ९ स्थित स्वर्णिम प्रतिष्ठानमा ज्येष्ठ नागरीकसँग भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।

अन्तरक्रिया कार्यक्रममा ज्येष्ठ नागरीकको सुरक्षा तथा ज्येष्ठ नागरीक बिरुद्ध हुने अपराध नियन्त्रणका लागी ज्येष्ठ नागरीकसँग नै साक्षात्कार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले बताउनुभयो ।

वहाँले ज्येष्ठ नागरीकका सुरक्षा बिषय प्रहरीले प्राथमिकतामा राखेको तथा आफ्ना समस्या निर्धक्क प्रहरीलाई भन्न आग्रह गर्दै प्रहरी ती समस्याको समाधानका निमित्त सदैव कटिबद्ध रहनेमा बिश्वस्त हुन पनि आग्रह गर्नुभयो ।
ज्येष्ठ नागरीक सेवा समाज बर्दघाटसँगको सहकार्यमा आयोजित कार्यक्रममा करीव १ सय ४० जना ज्येष्ठ नागरीकको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा सहभागी ज्येष्ठ नागरीकहरुले आफ्ना समस्याहरुप्रति तथा ज्येष्ठ नागरीकले पाउनुपर्ने सुबिधाका बारेमा राज्यले ध्यान पुर्याओस् भन्ने अपेक्षा राखेका छन् ।

अहिले पछिल्लो समयमा ज्येष्ठ नागरीकमाथी हुने गरेका अपराध, हिंसा, दुब्र्यवहार लगायतका घटनाहरु भईरहेको तर त्यस्ता खाले पीडा ज्येष्ठ नागरीकहरुले सहेर बस्दा अझ समाजमा सामाजिक हिंशाले प्रसय पाउने हुदाँ त्यस्ता गतिबिधिलाई न्यूनीकरण गर्न पनि कार्यक्रम फलदायी हुने बिश्वास गरिएको छ ।

SHARE