सागर पोख्रेल 
असोज १, कावासोती

आज आश्विन सङ्क्रान्ति, आजको दिन देशैभर संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी मनाइँदैछ ।

वास्तुशास्त्री, इञ्जिनियर, कालीगढहरू आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको भनाई छ । विश्वकर्मा पुजाको अवसरमा फलामका काम गर्ने उद्योग, कलकारखान, लगायत पछिल्लो साय सबैजसो कार्यालयहरुमा पुजा आज गर्ने गरीन्छ ।
केही बर्ष पहिला विशेष गरी वर्कशप र फलाम सम्वन्धि काम गर्ने उद्योग तथा कलकारखानामा मात्र गरीने विश्वकर्मा पुजा आजभोली सबै कार्यालयमा समेत गर्न थालेका छन ।
प्राय आफुले प्रयोग गर्ने सवारी साधन र औजार, मेसीनलाई पुजा गरी मनाईने पुजा आज भोली विविध सास्कृतिक कार्यत्रलमका साथ मनाउन थालीएको छ ।
विश्वकर्मा पुजाकै अवसरमा क्युपेक नेपाल कावासोती नगर कमिटिले विश्वकर्मा पुजा तथा विविध सास्कृतिक कार्यक्रम गरी आज र भोली मनाएको छ । विशेष गरी आज विश्वकर्मा बाबाको पुजा गर्ने र भोली नदी तथा तलाउमा लगेर विश्वकर्मा बाबाको मुर्ती सेृलाउने गरीन्छ ।
आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । यस उपलक्ष्यमा बुधबार वास्तुसम्बन्धी काम गर्ने संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । तन्त्रशास्त्र, धर्मशास्त्र आदि ग्रन्थमा वास्तुका बारेमा उल्लेख गरिएको छ । मण्डप वास्तुमा ६१ र गृहवास्तुमा ८१ देवताको पूजा गर्ने विधि छ । यसको सुरुवात् विश्वकर्माले नै गर्नुभएको शास्त्रीय मान्यता छ ।

SHARE