पोखरा
गण्डकी प्रदेशका कृषि पत्रकारहरुको भेला प्रदेश सदरमुकाम पोखरामा सम्पन्न भएको छ । शुक्रबार गण्डकी प्रदेशका ११ वटा जिल्लाका पत्रकारहरुको पोखरामा सम्पन्न भेलाले महेन्द्र जिसी (पर्वत) को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा पूर्णप्रसाद खराल (नवलपुर), सचित नारायण भुर्तेल (स्याङ्जा), सहसचिव ज्ञानु पंगेनी (नवलपुर), कोषाध्यक्ष विष्णु गौतम (पर्वत) चयन हुनुभएको छ ।

नवनिर्मित समितिको सदस्यहरुमा सचिन गिरी (कास्की), महेन्द्र केसी (पर्वत), लक्ष्मण विश्वकर्मा (पर्वत), सालिग्राम पोख्रेल (स्याङ्जा), पावर्ती गोर्खाली (गोरखा), सृजना अधिकारी (लमजुङ) चयन हुनुभएको छ ।

कृषि तालिम केन्द्र डुम्रिबोट पोखरामा शुक्रबार सम्पन्न भेलाबाट ३ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । जसमा ऋषिकृषि अभियानका अभियन्ता कुलराज चालिसे, वरिष्ठ कृषि पत्रकार रामचन्द्र बराल र कृषि अभियन्ता ऋषीराम भुषाल रहनुभएको छ ।

ऋषिकृषि अभियानका अभियन्ता कुलराज चालिसेको अध्यक्षतामा भएको भेलामा प्रदेश भरिका ११ जिल्लाका कृषि पत्रकारहरुको उपस्थिति रहेको थियो । यस क्षेत्रमा कृषि गतिविधिको प्रसारमा जोड दिइ कृषि कर्ममा सम्मानित पेसाका रुपमा विकास गर्न योगदान दिने अभियानअन्तर्गत कृषि पत्रकार समूह गठन गरिएको हो ।

SHARE