रेडियो सामथ्र्य, असोज १३
प्रतिनिधि सभा साद तिलक महतले संघियताका कारण नै गाँउ गाँउमा विकास पुगेको बताउनु भएको छ । सासद महतले आज माछापुच्छ«े बैकको १२९ औ शाखा रहित बैकिङ्ग सेवाको कावासोती– १७ बभनौलीमा सेवा शुभारम्भ गर्दै उक्त कुरा बताउनु भएको हो । सासद महतले हरेक स्थानिय तहमा बैकिङ्ग सेवा पुर्याएर जनतालाई सेवा प्रदान गर्न सरकार लागी परेको बताउदै स्थानिय ग्रामीण क्षेत्रमा स्थापना गरीने बैकिङ्ग सेवा केन्द्रहरुबाट साना व्यापारी देखी कृषक, गृहणीलाई समेत बचत गर्ने बानीको बिकास हुने भएकाले माछापुच्छ«े बैकले सेवा रहित बैकले ग्रामीण क्षेत्रका जनतालाई पुर्याएको सहयोग प्रति धन्यवाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका नगर उप प्रमुख प्रेम शंकर मर्दनियाले पछिल्लो समग कावासोती नगरपालिकाको ग्रामीण क्षेत्रमा बैकिङ्ग सेवा को प्रशंसा गर्दै नगरपालिकाद्धारा प्रदान गरीने सामाजीक शुरक्षा भक्ता वितरणमा सहयोग पुर्याएको बताउनु भयो । हाल सम्म कावासोती नगरपालिका भित्र माछापुच्छ«े बैकको ४ बटा शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा रहेका छन ।
त्यस्तै कार्यक्रममा बोल्दै नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोख्रैलले माछापुच्छ«े बैक कावासोतीमा पछिल्लो समयमा शाखा विस्तार गरेको भएपनि उद्योगी व्इापारीलाई बैकले सहयोग गरेको भन्दै नव व्यापारीलाई प्रोत्सान गर्न बैकले सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा शाखा प्रवन्धक पोख्रेलद्धारा कार्यक्रममा प्रमुख अतिथी सासद तिलक महत मार्फत वि.एल. वि डिभाईस सेवा केन्द्रका व्यावसायीक प्रतिनिधी सागर पोख्रेललाई हस्तान्तरण समेत गरीएको थियो ।
समुद्धाटन कार्यक्रम माछापुच्छ«े बैक का शाखा प्रवन्धक शेषकान्त पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कावासोती नगरपालिका वडा नं. १७ का वडा अध्यक्ष छविलाल महतो, नेपाली काग्रेस वडा नं. १७का सभापति कृष्ण प्रसाद काफ्ले लगायतको उपस्थिती रहेको थियो ।

SHARE