खगेन्द्र पराजुली,
१३ अशोज, नवलपुर ।

कावासोती २ मा रहेको कोशेली महिला उपभोक्ता सहकारी संस्थाले सुपथ मूल्य उपभोक्ता पसलको शुभारम्भ गरेको छ । कावासोती नगरपालिकाको कार्यालयको अगाडी रहेको भवनमा सञ्चालनमा ल्याईएको कोशेली पसलको उद्घाटन नगर प्रमुख चन्द्रकमारी पुनले गर्नुभएको हो ।

आज एक कार्यक्रमकाबीच शुभारम्भ भएको पसलको ब्यवसायीक प्रगतिको शुभकामना दिदै प्रमुख अतिथि समेत रहनुभएकी नगर प्रमुख पुनले यहाँका महिलाहरुको क्षमता र नेतृत्वमा बिकास भएको दावी गर्दै अव आर्थिक शसक्तिकरणको लक्ष्यमा लाग्न आग्रह गर्नुभयो ।

वहाँले संगठित भएर गरिएको कामले असफलता कमै मात्र हुने गरेको भन्दै उपभोक्तालाई सहज र सुपथ मुल्यमा उपभोग्य बस्तु उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।

वहाँले भन्नुभयो– उपभोक्ताले अहिले हरेक बस्तुको मूल्य र गुणस्तरमा ख्याल गरेका छन् , हामी स्थानीय सरकारले पनि उपभोक्ताले बजारबाट पाउनुपर्ने सर्वसुलभतासँगै गुणस्तरीय बस्तु मात्र बेचबिखन गर्न अनुरोध गरेका छौ । सञ्चालकतर्फ संकेत गर्दै भन्नुभयो–तपाईहरुले यो बिषयमा अत्यन्त सावधानी अपनाउनुपर्नेछ ।
सहकारीका आफ्नै शेयर सदस्य लगायत स्थानीयहरु बिभिन्न बाहानामा बजारमा ठगिनुपरेको र गुणस्तरहीन बस्तु समेत उपभोग गर्नुपरेको अवस्थालाई चिर्नुका साथै आफुले खरिद गर्दा बुझाएको रकमको मुनाफा समेत सम्पूर्ण शेयर सदस्यकै आम्दानी हुने भएकाले पसल सञ्चालन गरिएको कोशेली महिला बहुउदेशीय सहकारी संस्थाकी अध्यक्ष सीता खड्काले बताउनुभयो ।

पसलमा दैनिक उपभोग्य सामाग्रीहरु रहेका छन् । अहिले किराना पसलमा पाईने सामानहरु राखिएको जनाईएको छ ।
शुभारम्भ कार्यक्रममा कावासोती नगरपालिका सहकारी शाखा प्रमुख राजेन्द्र देवकोटा, कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भीमलाल कंडेल, कावासोती खानेपानी सस्थाका सल्लाहकार विष्णुप्रसाद भुषाल , लगायतको उपस्थिति रहेको थियो ।

सस्थाकी उपाध्यक्ष सोमन्ती सारुमगरको स्वागत र सस्थाकी सचिव लक्ष्मी सापकोटाको सञ्चालनमा कार्यक्रम भएको हो ।

SHARE