२०७६ असोज १९ गते

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको निवासमा प्रहरी पुगेको छ । अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

SHARE