सागर पोख्रेल
कावासोती, असोज ३०
ब्रमकुमारी राज योग केन्द्र कावासोतीको रजत जयन्ती तयारी तिब्र पारीएको छ ।
कातिक २ गते ब्रह्माकुमारी राजयोग सेवा केन्द्र , कावासोतीको रजत महोत्सवको समुद्धाटन गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगर र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी राज दिदीज्यूले संयुक्त रुपमा भवन र रजत जयन्ती महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको ब्रमाकुमारी राजयोग सेवा केन्द्र कावासोतीकी मुख्य सञ्चालिका ब्रमाकुमारी जमुना कण्डेलले जानकारी दिनुभयो ।
रजत जयन्तीको अवसरमा नवलपुर जिल्ला सहित काठमाण्डौ , चितवन , वीरगञ्ज , हेटौंडा , धादिङबाट समेत जिल्लाको सहभागीतामा कावासोतीको कुमारवर्ती क्याम्पस परिषरमा भव्य समारोहकाबिच कार्यक्रम हुने उहाँले बताउनुभयो । दिउसो सवा १२ बजेबाट कार्यक्रम सुरु हुने समेत उनले जानकारी दिए । रजत जयन्तीका दिन रजत जयन्तीका दिन कावासोतीको फलफूलचोकबाट देवी देवताहरुको चैतन्य झाँकी प्रदर्शनी सहितको शान्ति यात्रा थानाचोक हुँदै सभापतीचोकबाट कुमारवर्ती क्याम्पस प्राङगणको कार्यक्रम स्थलमा आएर विर्सजन हुने ब्रह्मकुमारी सर्मिला आचार्यले जानकारी दिनुभयो । विभिन्न सास्कृतीक कार्यक्रम संगै सहयोगीदाताहरुलाई सम्मानको कार्यक्रम समेत रहेको उहाँले बताउनुभयो ।
रजत जयन्तीलाई झकिभकाउ बनाउन ओमशान्ति मार्ग आसपास क्षेत्रमा ध्वजा पतका लगाउने , विभिन्न उप सिमित निर्माण गरी प्रचार प्रसार गर्ने कार्य तिब्र रुपमा भएको ब्रमकुमारी राजयोग केन्द्र नारायणगढका अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

SHARE