सागर पोख्रेल
कार्तिक २
गण्डकी प्रदेश सामाजीक विकास मन्त्री नरदेवि पुनले जनताले निर्वाचनको समयमा कुन नेताले धेरै पैसा खर्च गर्द र कस्ले धेरै पैसा बाढ्न सक्छ भनेर नेता छनौट चरीत्रबान नेताले स्थान पाएको आरोप लगाउनु भएको छ ।
मन्त्री पुनले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएको कारणले गर्दा निष्ठाको राजनिती र समाजसेवा गर्ने नेतृत्व पाउन नसकेको बताउनु भएको छ । चुनावको समयमा कुन नेताले बढी खर्च गर्न सक्छ उसैलाई उम्मेद्वार बनाउने र टिकट दिने गर्दा नैतिकवान र सत्मार्गमा लागेका चरीत्रवान र सकरात्मक चिन्तन भएका नेताको खडेरी लागेको बताउनु भएको छ ।
ब्रह्माकुमारी राजयोग केन्द्र, कावासोतीको रजत जयन्ती महोत्सवको उद्घाटन गर्दै मन्त्री पुनले अव सत्मार्गमा लागेका चरीत्रवान र सकरात्मक चिन्तन भएका नेता उत्पादन गर्न गण्डकी प्रदेश सामाजीक विकास मन्त्रालयले आगामी बर्ष देखी एक निर्वाचन क्षेत्र एक आदर्श विद्यालय संचालनमा ल्याउने तयारी गरेको बताउनुभएको छ । नेता मन्त्रीले बढी दुर्धटना हुने राजमार्गहरुमा हाइवय मोवाईल अस्पताल समेत गण्डकी प्रदेश सरकारले संचालनमा ल्याउन लागेको बताउदै उक्त कार्यको लागी बजेट समेत विनियोजन गरीसकेको बताउनु भयो ।
पाटी र नेतृत्वमा विचलन आएको बताउदै उहाँले राजनितीपाटी भित्र बहसको आवश्यक्ता रहेको कुरामा जोड दिनुभयो ।
देश विकास गर्ने हो भने कर्मचारी संयन्त्रमा नियन्त्रण गर्नुपर्ने र नैतिकवान र सत्मार्गमा लागेका चरीत्रवान र सकरात्मक चिन्तन भएका व्याक्तिलाई नेतृत्व दिनेहो भने विकास र समृद्धि आउने बताउनुभयो ।
रजत जतन्ती महोत्सव तथा भवन समुद्धाटन कार्यक्रममा गण्डकी प्रदेशका सदस्यहरु रोशन बहादुर गाहा, जनकलाल श्रेष्ठ, ओमकला गौतम, पुर्व मन्त्री ………………., र विभिन्न जिल्लाका सेवाकेन्द्र, उपशाखा र गितापाठशालाबाट सहभागीता रहेको थियो । रनत जयन्ति तथा भवन समुद्धाटनको अवसरमा झाँकी र बाजागाजा सहित कावासोती बजार परीक्रमा गरीएको थियो भने कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कावासोतीकी संचालीका ब्रमकुमारी जमुना कण्डेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

SHARE