सागर पोख्रेल
कार्तिक २
ब्रह्माकुमारी राजयोग केन्द्र नेपालका निर्देशिक राजयोगीनी राज दिदीले समाजमा ब्रह्माकुमारी राजयोगमा आवद्ध व्याक्तिहरुलाई हेर्ने दृष्टिकोणमा फरक रहेको बताउनुभएकोछ । उहाँले ब्रह्माकुमारी विश्वविद्यालयमा रहने भाईजी, बहिनजीहरुले समाजमा नैतिकवान र सत्मार्गमा लागेका चरीत्रवान र सकरात्मक चिन्तन प्रवाहा गरेकै कारण समाजले ब्रमाकुमारी राजयोग केन्द्रलाई हेर्नेदृष्टीकोणमा फरक रहेको बताउनुभयो ।
राजयोगीनी राज दिदीले हिंशाले समाज परीवर्तन नहुने उल्टै सत्मार्गको पथ समेत नदेखाउने भएकाले कुनै प्राणीको हिंसा गर्न नहुने बताउनुभएको छ ।
राजयोगीनी राज दिदीले कावासोतीमा रहेको ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रको भवन समुद्घाट पश्चातको रजत जयन्ती समारोहमा बोल्दै सबै सत्मार्ग र सत् संकल्पमा लाग्न आग्रह समेत गर्नुभयो । सत्मार्ग र सत संकल्पले मान जिवनमा समेत परीवर्तन आउने भएकोले सबैलाई ब्रह्माकुमारी विश्वविद्यालयमा सहभागी हुन समेत आग्रह गर्नुभएको थियो ।

SHARE