नवलपरासी, ४ कात्तिक
नवलपरासीकाे देवचुली नगरपालिका ६ मुण्डेकाे आधार रिसाेर्टबाट प्रहरीले गए राति १ लाख ४२ हजार ९ सय ४० रूपैयाँ नगद सहित १८ जना जुवाडेलाई नियन्त्रणमा लिएकाे छ ।

पक्राउ पर्नेमा देवचुली ९ का ४२ बर्षीय चिनबहादुर गुरूङ, ३७ बर्षीय प्रेम बराल, देवचुली ८ का ३८ बर्षीय रन मगर, ३७ बर्षीय भीमबहादुर झेडी मगर, ४० बर्षीय धनबहादुर पुलामी मगर, ४२ बर्षीय धनबहादुर सारू मगर, ३८ बर्षीय शिव मगर, ४२ बर्षीय यमबहादुर बाचे, २९ बर्षीय प्रदिप मक्की, ३७ बर्षीय खड्ग बीरककट्टा रहेका छन् ।

त्यसैगरी देवचुली ११ का २१ बर्षीय अमृत ढुंगाना, २१ बर्षीय सन्देश भुसाल, ३२ बर्षीय शंकर भट्टराई, देवचुली १२ का ३९ बर्षीय केदार काफ्ले, ३८ बीरबहादुर दर्लामी, देवचुली १४ का १९ बर्षीय मिलन रानाभाट, देवचुली ७ का ३४ बर्षीय रामप्रसाद अधिकारी र २९ बर्षीय सुलभ थापा मगर रहेका छन् ।

SHARE