सागर पोख्रेल
कावासोती, कार्तिक ७
कावासोती १२ मा रहेको बृद्धाश्रम सहयोगार्थ एवम बालमैत्री समाज निर्माणको लागि कावासोती ३ मा अवस्थित कावासोती सेन्ट जोसेफ विद्यालयको व्यावस्थापन र सेन्ट जोसेफ बालक्लव, सेन्ट जोसेफ कला साहित्य तथा साँस्कृतिक क्लवको आयोजनामा आज देखी बालमैत्री देउसी भैलो कार्यक्रम २०७६ शुभराम्भ गरेको छ ।
देउसि भैलो कार्यक्रम कावासोती नगरपालिकाकी प्रमुख चन्द्रकुमारी पुनले विद्यालय परीसरमा उद्धाटन गर्नु भएको थियो ।
उद्धाटन कार्यक्रममा कार्यक्रम माथि प्रष्ट पार्दै सेन्ट जोसेफ स्कुलका प्रिन्सीपल कमल चापागाइले कडा अनुशासनमा संस्कार सहितको व्यवहारीक शिक्षा भन्ने उदेश्यका साथ एचिभर्स ग्रुपको नयाँ व्यवस्थापनमा संचालित विद्यालयले बालबालिकाहरुको चौतर्फी विकासको लागि विद्यालयमा मात्र शिक्षा लिने र दिने मात्र नभई विद्यार्थीहरुलाई कला धर्म र संस्कृतिको बारेमा समेत जानकारी गराउन बालबालिकालाई देउसी भैलो कार्यक्रम संचालन गर्न लागीए बताउनुभयो ।
उहाँले देउसी भैलोबाट संकलित रकम कावासोती १२ मा रहेको बृद्धाश्रमलाई सहयोग र कावासोती नगरपालिकालाई बालमैत्री नगरपालिका निर्माणका लागी खर्च गरिने जनाईएको छ ।
विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत विशुद्ध बालबालिकाहरुको विकासको लागि उनीहरुको सहभागितामा नै बालमैत्री देउसी भैलो कार्यक्रम गरिएको बताउनुभयो ।
देउसी भैलो आज विद्यालय परीसरबाट शुरु भई देवचुली र कावासोतीका विभिन्न १५ स्थानमा १० गते सम्म संचालन गरिने भएको छ ।
देउसी भैलो कार्यक्रमकी सह संयोजक अनिता थापाको स्वागत मन्तव्य रहेको शुभराम्भ कार्यक्रममा लक्ष्मि नारायण बृद्धाआश्रमका सचिब दिपक सोती , एचिभर्ष ग्रुपका निर्देशक प्रदिप भुसाल, सेन्टजोसेफ कला साहित्य र सस्कृति क्लबकी अध्यक्ष एंजिला पाण्डे देउसी भैलो संयोजक विकास थापा लगायतको मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सेन्ट जोसेफ बालक्लवकी अध्यक्ष सुनिता पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

SHARE