कावासोती । शिक्षा सेवा समाज नवलपुर र चितवनको दोस्रो साधारण सभा आइतबार चितवनमा भएको छ ।
खड्कबहादुर कमालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व क्षेत्रीय शिक्षा निर्देशक चोलेन्द्र पण्डित, विद्यालय शिक्षक किताव खानाका महानिर्देशक दिनेशकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा नेपालीहरुको महान पर्व दशै तिहार, नेपाल सम्वत, छठ लगायतका शुभकामना आदानप्रदानका साथै शिक्षा सेवा समाजको स्थापनाको एक बर्षको अवसरमा शुभकामना आदानप्रदान र स्मारिका विमोचन गरिएको जिल्ला शिक्षा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्ण पोख्रेलले बताए ।
त्यसैगरी कार्यक्रममा आर्थिक प्रतिवदेन र बार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । साधारण सभामा ६० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

SHARE