नवलपुर १४ कात्तिक ।

नेपाली काङ्ग्रेसका नेता एवं काङ्ग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले अहिलेको सरकार अधिनायकवाद र सर्बसत्ताबाद तर्फ उन्मुख भैरहेको आरोप लगाउनु भएको छ । आज पुर्वी नवलपरासीको नवलपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले सो कुरा बताउनु भएको हो ।

कोइरालाले सरकारले प्रेस स्वतन्त्रतालाई संकुचित गराउदै लोकतन्त्र माथी प्रहार गरेको आरोप पनि लगाउनु भयो । ‘लोकतन्त्रलाई कमजोर बनाउदै अधिनायकवाद लाद्ने सपना सरकारले नदेखोस्’ कोइरालाले चेतावनीको भाषामा भने ।

अर्को प्रशंगमा बोल्दै डा.कोइरालाले अब काङ्ग्रेसको नेतृत्व कोइराला परिवारबाट हुने दावी पनि गर्नुभयो । ‘३ कोइरालामा एक कोइरालाले नेतृत्व लिने छौ, अहिलेको नेतृत्वले अब विश्राम लिनु पर्छ’ उहाँको भनाई थियो । नेता कोइरालाले अहिले काग्रेस प्रतिपक्षमा रहेपनि प्रतिपक्षको भूमिकामा केही गर्न नसकेको आरोप लगाउनुभयो । अहिले काग्रेसले सडक र सदनबाट सरकारको खबरदारी गर्नुपर्ने भएता पनि पर्टीले त्यो भूमिका निर्वाह गर्न नसकेको उहाँको भनाई थियो ।

प्रेस युनियन नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलिको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेता कोइरालाले अधिकाँस समय आफ्नै पार्टी भित्रको समस्याका बारेमा बोलेका थिए ।

SHARE