सागर पोख्रेल
कार्तिक १४
पछिल्लो समय युवट्युवमा भाईरल बनेकी बाल कलाकार कमला घिमिरे कार्तिक १६ गते नवलुर कला केन्द्रले आयोजना गरेको छठ विशेष प्रत्यक्ष दोहोरी धमाका–२०७६ मा सहभाग हुन कावासोती आउने कार्यक्रम आयोजक संस्थाका अध्यक्ष पवन सिग्देलले जानकारी दिनुभएको छ ।
इन्द्रेणी दोहोरीबाट एकाएक चर्चामा आएकी बाल कलाकार घिमिरेको साथमा राजु परीयार, बबिता बानीया (जेरी) समेत कावासोती आउनी भएका छन । सबैजसो कार्यक्रममा घिमिरेलाई साथ दिने इन्द्रेणीकी दोहोरी गायिका टिका सानु र डिला विक समेत कावासोती आउने आयोजक संस्थाले जानकारी दिएको छ ।
छठ पर्वको अवसरमा कावासोतीको खुल्ला चौरमा दिनको १२ बजे देखी साँझ ७ बजे सम्म कमला घिमिरे, बबिता बानिया (जेरी), टिका सानु , डिला वि.क. र राष्ट्रिय कलाकार राजु परीयार र दिपक खड्काको बिचमा प्रत्यक्ष दोहोरीको साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने कार्यक्रम संयोजक राजकुमार सिग्देलले जानकारी दिनुभयो ।
कार्यक्रमको अफिसियल मिडियाको रुपमा रेडियो सामथ्र्य ९२.१ मेगाहर्जको साथै सामथ्र्य साप्ताहिक, DTM Media रहेका छन ।

SHARE