पं. कृण्णशरण डुम्रे तथा कवि केशवराज डुम्रेकाे स्मृतिमा साधना संगमकाे ४५ अाैं शृङ्खला कावासाेती ६ विण्णुनगरमा सम्पन्न भएकाे छ । साधना सङ्गमका अध्यक्ष अर्जुन अविरलकाे अध्यक्षता र कवि लाेकनाथ खरेलकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रम अवधिभर पं. कृण्णशरण डुम्रे र कवि केशवराज डुम्रेकाे शैक्षिक, सामाजिक र साहित्यिक याेगदानकाे चर्चा गरिएकाे थियाे । कार्यक्रममा कवि दीपक साेती, कवि सदानन्द अभागी, डा. धनपति काेईराला, लीला राना मास्की, मुक्ति ढकाल, जीवन युगीन, काशीराम गैह्रे, एकनारायण चापागाई, टीका पाेख्रेल, कावासाेती वडा नं. १ का वडाअध्यक्ष नारायण प्रसाद पन्त लगायतका अतिथिहरूले उहाँहरूकाे चर्चासंगै रचना बाचन गर्नु गर्नु भएकाे थियाे । युवा क्लव, अामा समूह र कवि केशवराज डुम्रेकाे परिवारसहितकाे उपस्थितिमा भएकाे कार्यक्रममा केशवराज डुम्रेकी धर्मपत्नी र कवि लाेकनाथ खरेललाई दाेसल्ला अाेढाएर सम्मान पनि गरिएकाे थियाे । कार्यक्रम संयाेजक गुणाखर काफ्लेकाे सहजीकरणमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

SHARE