नवलपरासी बहिरा संघको अध्यक्षमा मधुसुदन निउरे चयन
खगेन्द्र पराजुली,
२२ कार्तिक, नवलपुर ।
नवलपरासी बहिरा संघको अध्यक्षमा मधुसुदन निउरे चयन हुनुभएको छ ।
आज शुक्रवार कावासोतीमा सम्पन्न १४ औ बार्षिक साधारण सभा एवं पाचौ अधिबेशनले निउरेलाई अध्यक्षमा चयन गरेको हो ।
फरक क्षमता भएका मध्ये बहिराहरुको सीप तथा क्षमता बिकासका क्रियाकलापमा मदत पुर्याउने संघको साधारण सभा तथा अधिबेशनको प्रमुख अतिथि जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आले रहनुभएको थियो ।
प्रमुख अतिथि आलेले फरक क्षमता भएका नागरीकको समग्र संरक्षणका लागी गरिने गतिबिधिमा समन्वय समितिका तर्फबाट गर्नुपर्ने सहजीकरणको भुमिकामा आफुले सक्दो सघाउने बताउनुभएको छ ।
कार्यक्रममा अध्यक्षतासँगै संघको बार्षिक प्रतिवेदन नवलपरासी बहिरा संघका कार्यबाहक अध्यक्ष प्रतिमा गुरुङले प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक प्रतिवेदन सचिव मधुसुदन निउरेले प्रस्तुत गर्नुभएको हो ।
वहाँले ५९ लाख ३० हजार ५ सय ४० रुपैंयाको आम्दानी–खर्चको हिसाव सुनाउनुभयो ।
कार्यक्रममा पुर्बी तथा पश्चिमी नवलपरासीका ७० जना संघमा आवद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।
जिल्लामा ३ हजारको हाराहारीमा वहिरा प्रकृतिका भिन्न क्षमता भएका ब्यक्तिहरु रहेको तथ्याङ्क रहेको जनाईएको छ ।
संघले आगामी कार्य योजनामा पुराना कार्यक्रमको निरन्तरतासँगै अव जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा रहेका बहिराहरुको तथ्याङ्क संकलन गर्ने, स्थानीय स्तरमै दोभाषेहरुको उत्पादनमा बृद्धि गरी राज्यका बिभिन्न क्षेत्रमा बहिराहरुको उपस्थितिलाई बढाउन प्रयन्त गर्ने लगायतका क्रियाकलापमा केन्द्रित रहने जनाईएको छ ।
संघले बहिरा महिलाहरुको प्रजनन् स्वास्थयदेखी उनीहरुको सीप र क्षमता बिकासका लागी शैक्षिक र भौतिक क्षेत्रमा समेत सहयोग गर्दै आईरहेकोले यसलाई निरन्तरता दिने जनाएको छ ।
समाजमा अपाङ्गता भएकामाथी हुने बिभेदलाई न्यूनीकरण गर्न पनि संघले गतिबिधिलाई निरन्तरता दिने जनाईएको छ ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर उप प्रमुख श्री विष्णु कुमारी कँडेल, शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका इकाई प्रमुख कृष्णचन्द्र पोखरेल, राष्ट्रिय बहिरा महासंघ, गण्डकी प्रदेशका उपाध्यक्ष विकाश घिमिरे, राष्ट्रिय अपागं महासंघ राष्ट्रिय समितिका सदस्य पिताम्बर लम्साल, जनज्योति नमूना मावि प्रगतिनगरका प्रअ दुर्गादत्त घिमिरे, सोही विद्यालयमा भएको बहिरा स्रोत कक्षाका स्रोत शिक्षक, लेखाजोखा केन्द्र नवलपरासीका संयोजक कमला ठाडा, अपागं पुर्नस्थापना केन्द्र, नवलपरासीका अध्यक्ष सागर लुईटेल, कावासोती नगरपालिकाका महिला शाखा प्रमुख, राष्ट्रिय साँकेतिक भाषा दोभाषे संघका राष्ट्रिय समितिका महासचिव बिजय तामाङ, नवलपरासी बहिरा संघका सहायक परियोजना अधिकृत लक्ष्मी आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन नवलपरासी बहिरा संघका पूर्व अध्यक्ष दिपावली शर्माले गर्नुभएको थियो ।

SHARE