राजु चापागाई
देवचुली, २७ कार्तिक

देवचुलीमा संचालित दोस्रो नमुना गोल्पकप २०७६ मा आज केरुङ युवा क्लब २८ बिघा विजयी भएको छ । प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना मा वि को खेलमैदानमा संचालित प्रतियोगितामा केरुङ २८ बिघाका विरुद्ध रोड्स रामपुरबिच भएको खेलमा केरुङ २८ क्लब ३ – ० गोलले विजयी भएको हो । खेलमा केरुङ २८ बिघाको तर्फबाट शिव गुरुङ , निशान न्यौपाने र मनबहादुर पाटा मगरले गोल गरेका थिए । आजको खेलमा केरुङ युवा क्लब २८ बिघाका शिव गुरुङ म्यान अफ दि म्याच घोषित भएका छ्न ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १,११,१११/- ट्रफी , प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ६१,१११/- प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा भोलि प्रगतिकला मन्दिर निलो र भेडावारी युवा क्लबबिच हुने खेल संयोजक प्रकाश श्रेष्ठले बताए ।

SHARE