सागर पोख्रैल
कावासोती, कार्तिक २८
कर दाता सेवा कार्यालय कावासोतीले आगामी मंसिर १ गते आठौं राष्ट्रिय कर दिवसको अवसरमा प्रभातफेरी गर्ने भएकोछ ।
कर दाता सेवा कार्यालयको आयोजनामा तथा जिल्ला स्थीत उद्योग बाणिज्य संघ, बाणिज्य संध, उद्योग संघ,   जिल्ला घरेलु महासघ नवलपुर र स्थानिय उद्योगी व्यापारीहरुको सहभागीतामा आठौ राष्ट्रिय कर दिवस–२०७६ मनाउन लागीएको करदाता सेवा कार्यालय कावासोतीका कर अघिकृत अमृत अधिकारीले जानकारी दिनुभयो ।
कर दिवसको अवसरमा विहान ८ बजे कावासोतीको सभापतिचोकबाट शुरु हुने प्रभात फेरी कर सेवा कार्यालय सम्म हुने समेत कर अघिकृत अधिकारीले जानकारी दिनुभयो ।
स्वच्छ कर प्रशासन, विकास र सुशासन भन्ने मुल नाराका साथ यस बर्षको आठौ कर दिवस देशैभर मनाउन लागीएको छ ।

SHARE