राजु चापागाई
देवचुली, २८ कार्तिक

देवचुली नगरपालिकामा संचालित दोस्रो नमुना गोल्पकप २०७६ मा आज मुकुन्दपुर युवा क्लब भेडाबारी विजयी भएको छ । प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना मा वि को खेलमैदानमा संचालित प्रतियोगितामा प्रगतिकला मन्दिर निलोका विरुद्ध मुकुन्दपुर युवा क्लब भेडाबारीबिच भएको खेलमा मुकुन्दपुर युवा क्लब १ – ० गोलले विजयी भएको हो । खेलमा मुकुन्दपुर युवा क्लब भेडाबारीको तर्फबाट महेश तामाङले गोल गरेका थिए । आजको खेलमा मुकुन्दपुर युवा क्लब भेडाबारीका महेश तामाङ म्यान अफ दि म्याच घोषित भएका छ्न ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १,११,१११/- ट्रफी , प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ६१,१११/- प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा भोलि एस के एस फुटबल क्लब प्रगतिनगर र लोगोस क्लब जुकेपानीबिच हुने खेल संयोजक प्रकाश श्रेष्ठले बताए ।

SHARE