कार्तिक २८, कावासाेति

लायन्स् क्लब अफ नवल्पुर सिटी र लायन्स क्लब अफ नवलपरासी नवलपुरको संयुक्त आयोजनामा आज World Diabetes Day 14 November को सुअवसरमा कावासोती -८ स्थित लुम्बिनी आदर्श डिग्री कलेजमा एभरेष्ट अस्पातल भरतपुरका बरिस्ठ मुटुरोग बिशेषग्य डा. शंकर लौडरीको टिम र IR Lab भरतपुरको सहयोगमा निशूल्क सुगर परिछण् शिबिर तथा सुगर लाग्नुको कारण, रोक्थाम एवम लाग्नबाट बच्नका उपाय् सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो । यस् कार्यक्रमको सभापति लायन्स क्लब अफ नवल्पुर सिटीका अध्याक्छ् मनी प्रसाद गुरुङले गर्नु भएको थियो भने प्रमुख अतिथी Lions Clubs of International 325-B2, Nepal Area-3 Region Chairperson लायन होमनाथ जैसी हुनुहुन्थ्यो । प्रमुख अतिथीले मधुमेह रोग्ले आज दर्लाग्दो महामरीको रुप लिरहेको हुँदा यस्बाट बच्नकालगि उचित खानपानको व्यवस्थापन, नियमित ब्यायम, समयसयमा सुगर परिछण् आदिमा ध्यान दिनुपर्ने बताउनु भयो। यस् शिबिरबाट करीब १०० जनाले सेवा लिनु भएको थियो । यस कार्यक्रमको सन्चालन क्लबको सचिब दिर्घ सिंह कुमलले गर्नु भएको थियो ।

SHARE