सागर पोख्रेल
कार्तिक ३०
होम स्टे सञ्चालकहरुले होम स्टेमा आयातीत सामग्रीको प्रयोगले दिनानुदिन होमस्टेको आर्कषण धट्दै जानलागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताउनुभयो । होमस्टेमा विशेष गरी घर आगनमा उत्पादित बस्तुको स्वाद लिन र पारीवारीक रुपमा आवका लागी पर्यटन आउने भएकाले होमस्टेमा घर बारीमै उत्पादित बस्तु र स्थानिय सामग्रीहरु प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

मन्त्री भट्टराईले तराई भु–परिधी कार्यक्रम (ताल) र कावासोती नगरपालिकाको सहयोगमा कावासोती नगरपालिका बडा नं. १५ का प्रकृतिक तथा नदीमा आश्रीत अति विपन्न आदीवासी दलीत समुदायका वासिन्दालाई निर्माण गरीएको घर हस्तान्तरण तथा होमस्टे उद्धाटन कार्यक्रमलाई सम्वोधन गर्दे उक्त कुरा बताउनुभएको हो ।
मन्त्री नेताले होम स्टे स्थानीय स्तरमा उत्पादित वस्तु, स्थानीय स्तरमा उत्पादिन खाद्य, स्थानीय स्तरमा उत्पादिन पेय पदार्थहरु नै पाहुनालाई दिनु पर्ने बताउदै पर्यटन बर्ष २०२० लाई सफल बनाउन होमस्टेको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । होम स्टेमा जातीय अनुसारको कला संस्कृति प्रर्दशनिबाट कला धर्म र संस्कृतिको संरक्षणका साथै मौलिकता बढाउने भएकाले होम स्टे प्रवद्धनमा सरकार लागी परेको समेत बताउनुभयो ।

मन्त्री भट्टराईले नेपाल भ्रमण बर्षलाई लक्षित गरी नेपालमा सञ्चालित होम स्टेहरुले विदेशी पर्यटकलाई पनि रोक्न सक्ने खाले होम स्टेलाई स्तर वृद्धि गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मन्त्री भट्टराईले गौतमबुद्ध विमान स्थल सन् २०२० मा अन्तराष्ट्रिय विमान स्थलको रुपमा सञ्चालन हुने भएकोले

गौतमबुद्ध विमान स्थल अन्तराष्ट्रिय विमान स्थलको रुपमा सञ्चालनमा आएपछि यस क्षेत्रमा विदेशी पर्यटकहरु बढ्ने बताए ।

नेपाल भ्रमण बर्ष २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दावी गर्नुभएको छ ।
बर्तमान समयमा नेपालमा सरदर वार्षिक १२ लाख पर्यटक भित्रिएको बताउँदै उहँले नेपाल भ्रमण बर्षमा २० लाख पर्यटक भित्र्याउने दावी गर्नुभएको हो ।

२१ घर हस्तान्तरण
प्रकृतिक तथा नदीमा आश्रीत अति विपन्न आदीवासी दलीत समुदायका वासिन्दालाई कावासोती नगरपालिका सगको समन्वयमा आर्थिक बर्ष ०७४/०७५ र ०७५/०७६ मा कावासोती नगरपालिका को तर्फबाट क्रमस १० र ४ , तराई भु–परिधी कार्यक्रम (ताल)को सहयोगमा ५ र १७ घर निर्माण गरीएको मध्य आर्थिक बर्ष ०७५/०७६ को स्थानिय निकायको ४ र तराई भु–परिधी कार्यक्रमको सहयोगमा निर्माण गरीएको १७ गरी कुल २१ घर हस्तान्तरण गरीएको हो ।

तालको ४१ लाख १४ हजार, कावासोती नगरपालिकाको १० लाख र स्थानिय सहभमगीतामा गत आर्थिक बर्षमा २१ बटा घर निर्माण गरीएको अमलटारी मध्यवर्तीका अध्यक्ष केदार घिमिरेले जानकारी दिनुभयो । स्थानिय तह र तालको सहयोगमा हाल सम्म आश्रीत अति विपन्न आदीवासी दलीत समुदायका वासिन्दालाई ३६ घर प्रदान समेत गरीसकिएको छ ।
कार्यक्रममा संघीय सांसद तिलक महत, प्रदेश सांसद रोशनबहादुर गाहा, कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्द्निया लगायतले मन्तव्य राख्नुभएको थियो ।

SHARE