शुभेच्छा एग्रो ग्रुपमा सापकोटा कृषि कार्यका लागि स्थापना गरिएको शुभेच्छा एग्रो ग्रुपको तेस्रो अधिवेशनले कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा ९ सदस्य संचालक समिति चयन गरेको छ । समिति संचालकहरुमा सरिता ताम्राकार, कृष्ण थापा, शुसिल के.सी., गोविन्द पौडेल, अमृत पोख्रेल, यम प्रसाद पौडेल, माधव प्रसाद आचार्य र संजय लाभाजु रहेका छन् । २०६७ मा स्थापना भएको प्रा.लि. ले कृषि प्रवर्धन कार्यका लागि मादी गाउँपालिकामा आवश्यक जग्गा खरीद सहितको योजना सम्पन्न गरेको छ । ग्रुपका अध्यक्ष नन्दराम गिरीको सभापतित्वमा भएको कार्यक्रममा संचालक सदस्य दामोदर चालिसे, सुरेन्द्रमान विजुच्छे, ई.राजेन्द्र ढकाल, गौतम विजुच्छे, पत्रकार कमल पौडेल अथक, शुसिल के.सी., कृष्ण प्रसाद सापकोटा लगायतले आ–आफ्नो धारणा राखेका थिए । गण्डकी अटो मेकानिक्सको रत्तदान गण्डकी अटो मेकानिकल वक्र्स एशोसियसनको २६ औं वार्षिक उत्सवको अवसरमा खुल्ला रत्तदान कार्यक्रम सम्पन्न भएको छ । ५५ जनाले गरेको रत्तदानको पहिलो रत्तदाता एशोसियसनका उपाध्यक्ष ४७ औं रत्तदाता सन्तोष कुमार मिश्रलाई मनिपाल शिक्षण अस्पतालका निर्देशक डा. एन.एल शर्मालाई ब्लड ब्याग हस्तातन्तरण गर्दै मेकानिक्सका लागि छुट सहयोग गरिने बताए । एशोसियसनका अध्यक्ष सानुमान जलारीको सभापतित्वमा भएको कार्यक्रममा रक्त संचार केन्द्रका प्राविधिक द्रुबमणि लामिछाने, एशोसियसनका पूर्व अध्यक्ष सनत कुमार भट्टराई, चन्द्र जंग थापा, कुल बहादुर नेपाली, सल्लाहाकार कृष्ण थापा, आकास्मीक रत्तदान युनिट व्यपस्थापक हरिशचन्द्र शर्मा, रेडक्रस केन्द्रीय प्रशिक्षक सुर्य प्रसाद ढकाल, मानव अधिकार शान्ति समाजका अध्यक्ष अमृत शुवर्णकार, कास्की मोटर साइकल एशोसियसनका अध्यक्ष प्रेम गिरी, ताल नगरी पत्रिका सम्पादक सुर्य सिकारु, कार्यक्रम संयोजक भिमलाल पौडेल, उपाध्यक्ष सन्तोष मिश्र, सचिव योगेन्द्र राज भण्डारी लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा पोखरा क्षेत्रका मेकानिक्सहरुलाई स्वास्थ्य प्राविधिक सचेतना समेत गराइएको थियो ।

SHARE