सागर पोख्रेल
मंसिर २, कावासोती
राष्ट्रिय सेवा दल मार्फत विद्यार्थीमा अनुसाशित र राष्ट्रभक्ति बनाएको प्रतिनिधि सभा सदस्य तिलक महतले बताउनु भएको छ । सासद महतले आज कावासोती ८ मा रहेको नोवेल एकेडेमीका राष्ट्रिय सेवा दल सि स ४६ जुनियर डिभिजन तालिम प्रथम चरण प्रस्तुति तथा अवलोकन कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
राष्ट्रिय सेवा दलले विधर्थीलाई तालिम मार्फत अनुसाशित र राष्ट्र प्रति जिम्मेवार बनाएको बताउनु भएको हो ।
कुल १८० दिनको तालिम रहने मा २१ दिन राष्ट्रिय सेवा दलले तोकेको स्थामा क्लज क्याम्प संचालन समेत गरी विद्यार्थीलाई आत्म रक्षा, अनुसासन लगायत परेड, पिटि जस्ता तालिम प्रदान गर्ने गरीन्छ ।
यस वर्ष कावासोती नगरपालिमा कावासोती–३ मा रहेको सिदार्थ मा.वि. र नोवेल एकेडेमीमा यो कार्यक्रम संचालन हुदै आएको छ । नोवलबाट यस बर्ष राष्ट्रिय सेवा दलको लालिममा ३५ जना विध्याथी सहभागी भएका छन । साथै यसै वर्षबाट देवचुली नगरपालिकामा रहेको विश्वज्योतिमा समेत सन्चालन गरीएको छ ।
नोवेल एकेडेमीका राष्ट्रिय सेवा दल सि स ४६ जुनियर डिभिजन तालिम प्रथम चरण प्रस्तुति समेत गरेका थिए । कार्यक्रममा कावासोती नगरपालिका उप प्रमुख प्रेमशंकर मर्दनिया,राष्ट्रिय सेवा दल हात्तिखोरका प्रतिनिधि , जिल्ला शिक्षा इकाई समन्वयका प्रमुख कृष्ण पोख्रेल, कावासोती शिक्षा अघिकृत राजन पाण्डे , प्याप्सनका गण्डकी प्रदेश उपाध्यक्ष हरीहर अधिकारी लगायत तालिममा सहभागी विद्यार्थीका परीवारको समेत सहभागीता रहेको थियो ।

(तालिम प्रथम चरण प्रस्तुति फोटो फिचरमा समेत)

SHARE