सागर पोख्रेल
कावासोती , मंसिर ५
अहिलेका युवा युवति प्राय नेपाली कला भेष भुसा अनुसारको पोषक लगाउन त्यती मन पराउदैन्न । विशेष गरी समाजले पचाउन समेत गारो पर्ने खालका आधुनिक मोडलका कपडाको प्रयोग गर्न थालेका छन भने सग सगै नेपाली जातीय अनुसारको पहिरन समेत हराउदै गएको छ ।
हराउदै गएको पहिरनलाई संरक्षण , प्रवद्धन र विद्यार्थीलाई आफ्नो जातीगत र नेपाली पहिरन र पहिचान दिन कावासोती नगरपालिका –१६, मा रहेको नवलपुर एकेडेमी बोडीङ्ग स्कुलले साँस्कृतिक कार्यक्रम संचालन गरेको छ ।
विद्यालयलये मासिक रुपमा गरिने विशेष कार्यक्रम अन्र्तगत बिद्यालयमा पढ्ने विद्याथीलाइृ हरेक महिनाको अन्तिम दिन आफ्नो जातीगत पहिचानको भेष भुषामा विद्यालय आनुपर्ने नियम बनाएको नवलपुर एकेडेमीका प्रिन्सीपल हरीहर अधिकारीले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई महिनाको अन्तिम दिन उनीहरुको जातीगत पहिचार सहितको नृत्य कार्यक्रम समेत संचालन गरीएको अधिकारीको भनाई छ । प्रिन्सीपल अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थी भित्र भएका गायन, नृत्य, अभिनय लगाएतका प्रस्तुतीहरु समेत प्रस्फुटन हुने र विद्याथीलाई आफ्नो कला संस्कृतिको वारेमा समेत जानकारी हुने भएको बताउनु हुन्छ ।
हरेका जातिको जातिय पोशाकमा सजिएका विद्यार्थीहरुको फेशन सो कार्यक्रमले नेपाली धर्म,कला ,संस्कार र संस्कृतिको झल्को दिने गरेको र विद्याथीमा समेत विद्यालयमा भिन्न पोषकमा प्रवेश गर्न पाउदा र आफु भित्रका प्रतिभा समेत प्रष्फुटन गर्न पाएकोमा खुसी भएको समेत बताउनुभयो ।
(फोटो फिचरमा)

SHARE