कावासोती, मंसिर –७
सागर पोख्रेल
नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकाको विशेष गरी वडा नं. १,२ ३ र ४ मा आज नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिको नयाँ नेतृत्वका लागी भन्दा नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिले वषर््ेानी आयोजना गर्ने मोफसलकै सर्वाधिक राशिको राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्ड कप प्रतियोगीताको संचालनको बिषय चोटीलो बन्न पुगेको छ ।
चितवन र।ाष्ट्रिय निकुञ्ज अन्र्तगत रहेका २२ बटा मध्यवर्ती उपभोक्ता समितिको अहिले धमाधम नयाँ नेतृत्व छनौट भई रहदा नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिको नयाँ नेतृत्व भने आज छानीदै छ । आज निर्वाचित हुने समितिलाई वन र बन्य जन्तु संरक्षण र मानव र बन्य जन्तु संरक्षणमा समितिको मुख्य जिम्मेवारी रहने भएता पनी नेपालमा पाईने एक सिङ्गे गैडा संरक्षण र यसको प्रचार प्रसारका लागी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यसको महत्व र , संरक्षण र गैडा अवलोकनका लागी विदेशी पर्यटन भित्तयाउदै नेपाल भ्रमण बर्ष २०२० लाई सफल पर्नुपर्ने दायित्व समेत रहेको छ ।
हरेक बर्ष नेपालका ए डिभिजन र विभागीय टिम र राष्ट्रीय स्तरका क्लवहरुको सहभागीतामा नवलपरासी जिल्ला वर्दघाट सुस्ता पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–२ कोल्हुवा स्थीत राईनो कपको खेल मैदानमा नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा खेल संचालन हुर्ने गर्दछ ।
एक सिंगे गैडा संरक्षणको लागि विगत १६ वर्ष अघिबाट संचालीत खेलकुदको माध्यमबाट अनुशासित, मयादित, सृजनशिल, कर्तव्यनिष्ठ तथा स्वस्थ यूवा शक्ति एवं प्रतिभावान राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरू उत्पादन गर्ने लगायतको उद्देश्य साथ खेल संचालन गर्नका लागी बार्षिक करीब ७० देखी ८० लाख सम्मको लागतमा खेल संचालन गरीदै आईएको छ ।
सबैजसो उपभोक्ता समितिमा नयाँ नेतृत्व छनोट भईसक्दा समेत नन्द भाउजु मध्यवर्तीमा भने नयाँ नेतृत्व छनौट भई रहदा खेल संचालन गर्न सक्ने खालको नेतृत्व छनौट हुनु पर्ने स्थानियहरुको भनाई रहेको छ । राईनो संरक्षण फुटवल मध्यविन्दु नगरपालिकाकोमात्र नभई सिङ्गो नवलपुरबासीको गहना समेत भएकोले खेललाई निरन्तरता दिन सक्ने नेतृत्व छनौट गरीनुपर्ने हाल समितमा रहेका सदस्यहरुको भनाई रहेको छ । आज छनोट हुने नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिलाई त्तकालै खेल संचालन गर्नुपर्ने जिम्मेवारी समेत थपिनेछ । विगत बर्षमा असोज देखी कार्तिक भित्रमा खेल संचालन गरी सकिने भएकाले गर्दा समेत नयाँ नेतृत्वको पहिलो जिम्मेवारी र उपभोक्ताको पहिलो चाहना सोही अनुसारको समिति छनौटको अपेक्षा समेत लिएका छन ।
त्यसमा पनी नयाँ समितिमा नयाँ अनुहार समेत आउने भएकाले खेल संचालन गर्न चुनौतीपुर्ण र अवसर दुवै हुनेछ ।

SHARE