सागर पोख्रेल
कावासोती, मंसिर ७

नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिको नयाँ नेतृत्वमा पुनः दोमन बहादुर भण्डारी चयन हुनुभएको छ ।
नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकाको विशेष गरी वडा नं. १,२ ३ र ४ मा आज नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिको नयाँ नेतृत्व छनौट सगै वषर््ेानी संचालन हुने मोफसलकै सर्वाधिक राशिको राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्ड कप प्रतियोगीता पनी संचालन हुने आशा जागेको छ ।
नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिको नयाँ नेतृत्व छनौटका कारण फिफाले तोकेको समयमा खेल संचालन गर्न नसकेपछि खेल संचलननै नहुने होकी भन्ने आम सुभचिन्तक हरुको निराशालाई चिर्दै नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागी दोमन बहादुर भण्डारी निर्वाचित भए सगै खेल संचाल हुनेमा आशावादी भएका छन ।
दोस्रो कार्यकालको लागी निर्वाचित भए सगै समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले फिफा सगको छलफलबाट आगामी फागुन महिना भित्र राईनोकप संचालन गर्ने सामथ्र्यलाई बताउनु भयो ।

नन्द भाउजु मध्यवर्तीको नयाँ समितिको उपाध्यक्षमा डिल्लीराम थनेत, सचिबमा बद्री नेपाल, कोाध्यक्षमा आशा महतो सर्व सम्मत निर्वाचित भएका छन भने सदस्यहरुमा श्रीधर शर्मा, बिष्णु थापा, नारायण कार्की र बुद्धिराम बोटे निर्वाचित भएका छन ।

नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिको नयाँ नेतृत्वलाई वन र बन्य जन्तु संरक्षण तथा मानव र बन्य जन्तु दृन्द न्युनिकरणको साथै नेपालमा पाईने एक सिङ्गे गैडा संरक्षण र यसको प्रचार प्रसारका लागी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यसको महत्व र , संरक्षण र गैडा अवलोकनका लागी विदेशी पर्यटन भित्तयाउदै नेपाल भ्रमण बर्ष २०२० लाई सफल पर्नुपर्ने दायित्व समेत रहेको छ ।

हरेक बर्ष नेपालका ए डिभिजन र विभागीय टिम र राष्ट्रीय स्तरका क्लवहरुको सहभागीतामा नवलपरासी जिल्ला वर्दघाट सुस्ता पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–२ कोल्हुवा स्थीत राईनो कपको खेल मैदानमा नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा खेल संचालन हुर्ने गर्दछ ।

एक सिंगे गैडा संरक्षणको लागि विगत १६ वर्ष अघिबाट संचालीत खेलकुदको माध्यमबाट अनुशासित, मयादित, सृजनशिल, कर्तव्यनिष्ठ तथा स्वस्थ यूवा शक्ति एवं प्रतिभावान राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरू उत्पादन गर्ने लगायतको उद्देश्य साथ खेल संचालन गर्नका लागी बार्षिक करीब ७० देखी ८० लाख सम्मको लागतमा खेल संचालन गरीदै आईएको थियो ।

राईनो संरक्षण फुटवल मध्यविन्दु नगरपालिकाकोमात्र नभई सिङ्गो नवलपुरबासीको गहना समेत भएकोले खेललाई निरन्तरता दिन सक्ने नेतृत्व छनौट गरीनुपर्ने हाल समितमा रहेका सदस्यहरुको भनाई रहेको छ ।
सनिबार छनोट हुने नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिलाई त्तकालै खेल संचालन गर्नुपर्ने जिम्मेवारी समेत थपिएकोछ । विगत बर्षमा असोज देखी कार्तिक भित्रमा खेल सम्पन्न हुने गर्दथ्यो । सनिबार निर्वाचितसमितिमा नयाँ अनुहार समेत आएकाले खेल संचालन गर्न चुनौती र अवसर दुवै देखीएको छ ।

SHARE