सागर पोख्रेल
मंसिर ९
प्रेस संगठन नेपालले एकता टुंगो लगाएको छ । लामो गृहकार्यपछि संगठनले केन्द्रीय कमिटी, प्रदेश कमिटीको पदाधिकारीसहित एकताका क्रममा जिल्ला संयोजक लिने जिल्लाको टुंगो लगाएको हो । गण्डकी प्रदेशको प्रेस संगठनको इन्चार्जमा गणेश पाण्डेलाई चयन गरेको छ भने संगठनको संयोजकमा चौतारीबाट रामकृष्ण शर्मा र सह संयोजकमा सेन्टरका त्रिभुवन पौडेल चयन भएका छन ।
एकता बाट २३५ जनाको केन्द्रीय समिती गठन भएको छ भने साविक प्रेु चौतारीबाट १२५ जना र प्रेस सेन्टरबाट ११० केन्द्रीय समिति गडन गरीएको छ ।
प्रक्रिया अन्र्तगत केन्द्रीय कमिटीको संख्या, केन्द्रीय सदस्य, आयोगहरु, प्रदेश समितिका संयोजक र सहसंयोजक तथा जिल्लाका संयोजक सहसंयोजक समेत टुङ्गो लगायको छ । जस अन्र्तगत स्याङ्जा, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, बाग्लुङ, पर्वत जिल्लाको संयोजक प्रेस चौतारीको भागमा परेको छ भने , गोरखा, म्याग्दी, लमजुङ र नवलपुर प्रेस सेन्टर नेपालको भागमा परेको छ ।

SHARE