सागर पोख्रेल
कावासोती, मंसिर १४
कावासोती–३, शैक्षिकचोकका स्थानियद्धारा गत शुभदिपावलीको अवसरमा देउसी भैलो मार्फत संकलित रकम सनिबार एक कार्यक्रमको आयोजनागरी मौलाकालिका अपाङ्ग सेवा संस्थालाई हस्तान्तरण गरेका छन ।
संस्थामा रहेका बाल बालिकालाई न्यानो कपडा , खाद्यान्न र नगद १० हजार सहित कुल ३० हजार रुपैया बरावरको सामाग्री हस्तान्तरण गरेका हो ।
चाढपर्वको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी बनभोज गर्ने गरेकाहरुलाई संस्कृतिक जगेर्ना देउसी भैलो समुह शौक्षिकचोक ले भने समाजमा सराहनीय कार्य गरेको मौलाकालीका अपाङ्ग सेवा संस्थाका अध्यक्ष कृष्ण रोकाले बताउनुभयो ।
हाल मौलाकालीका अपाङ्ग सेवा संस्था २१ जना बालबालिका रहेकोमा केही बाल बालिका भने चाढपर्वको अवसरमा घर गएका , औषधी उपचार भएका बाहेक हाल १४ जना उक्त सेवा केन्द्रमा रहेको संस्थाका अध्यक्षले जानकारी दिनुभयो ।
कार्यक्रम देउसी भैलो समतिका अध्यक्ष राम कृष्ण पुडासैनी को अध्यक्षतामा सम्पन्न गरीएको थियो ।

SHARE