सागर पोख्रेल
कावासोती , १४ मंसिर
पुर्वी नवलपरासी जिल्लामा एकबटा स्थानमा मात्र आज उप निर्वाचन हुदैछ ।
पुर्वी नवलपरासीको बोदीकाली गाँउ पालिकाको वडा नं. ५ मा आज वडा अध्यक्षका लागी मतादान भई रहेको छ ।
बौदीकालि गाउँपालिका-५ मा वडा अध्यक्ष पदको लागि उत्साहजनक मतदान भइरहेको छ ।
कुल ८५३ जना मतदाता रहेकोमा अहिले पछिल्लो समय दिनको १ बजे सम्मको पुरूष २२६ र महिला ३४३ गरि जम्मा ५६९ जना ६६.७० % मतदान गरि सकेका छन् ।। यस वडामा ८५३ जना मतदाता रहेका छन । उप निर्वाचनमा वडा अध्यक्ष पदका लागी नेकपा, काग्रेस र समाजवादी पाटीबाट गरी ३ जनाको उमेद्वारी परेको छ ।

SHARE