सागर पोख्रेल
कावासोती, मंसिर १४
पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्षका लागि सनिबार भएको निर्वाचन शान्ति पुर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
बोबोकस्थित उदय आधारभूत विद्यालयमा रहेको बुथमा शनिबार बिहान ७ बजे स्थानीय ५४ वर्षीय धनमाया सुनारीले पहिलो मतदान गर्नुभएको थियो । उहाँले विकास होला भन्ने आसले मतदान गरेको प्रतिक्रिया दिइन् ।
सनिबार बोदीकाली वडा नं. ५ को अध्यक्ष पदका लागी भएको निर्वाचनमा ६१५ मत खसेको छ । कुल ८५३ जना मतदाता रहेकोमा पुरुष २५७ र महिला ३५८ गरी ६१५ मत खसेको जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ ।
मतदानस्थल वरपर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतदाताहरु शान्तिपूर्ण तरिकाले मत खसाल्न लामबद्ध छन् । मतदान उत्साहपूर्ण रहेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । निर्वाचनमा ३ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् ।
वडाध्यक्ष पदका लागि भएकोे उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमबहादुर थापा खरु मगरको उम्मेदवारी बनाएको थियो । खिमबहादुर खरु मगर वौदीकाली ५ का वडाअध्यक्ष स्व. दलबहादुर खरु मगरका जेठा छोरा हुन् ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट तुलबहादुर रानाको उम्मेदवारी बनाएको थियो । त्यसैगरी समाजवादी पार्टीका तर्फबाट पितमबहादुर रानाले उम्मेदवारी दिनुभएको थियो । समाजवादीले त्यहाँ पहिलोपटक उम्मेदवारी दिएको हो । तत्कालीन नेकपा (एमाले)बाट निवार्चित वडाध्यक्ष दलबहादुर खरूमगर वडाध्यक्ष निधन भएपछि रिक्त उक्त पदका लागि उपनिर्वाचन भएको हो । यस वडामा कार्यबाहक वडाध्यक्ष कुलसिह रानाको पनि मृत्यु भएको थियोे ।

SHARE