नवलपरासी पूर्व नवलपुरको बौदीकाली गाउँपालिका वडा नम्बर पाँचमा वडा अध्यक्ष पदका लागि भएको उप निर्वाचनमा सत्तारुढ दल नेपाल क्युनिष्ट पार्टी ९नेकपा०का उम्मेदवार विजयी भएका छन् ।
वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार खिम बहादुर थापा खरु मगर १ सय ३६ मत अन्तरले विजयी हुनु भएको छ  ।
उहाँले कुल ३ सय ६७ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्धन्दि नेपाली कांगे्रसका उम्मेदवार तुलबहादुर रानाले २ सय ३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनु भयो ।
यस्तै समाजबादी पार्टीका उम्मेदवार प्रितमबहादुर रानाले ७ मत प्राप्त गरेका छन् । १० मत बदर भएको अधिकारीले बताउनु भयो ।
आज भएको वडा अध्यक्ष पदको उपनिर्वाचनमा कुल ६ सय १५ मत खसेको थियो ।
SHARE