मंसिर- १७, देवचुली 
पुुुुुुर्वि नवलपरासीको   साशाश्वत धाम अगाडीको २ पसलमा आज विहान आगोलागी भएको छ । विहान साढे ११ बजेको समयमा के.के. अटो पार्टस एण्ड सर्भिस सेन्टर र तुलसी चौधरी किराना पसलमा आगोलागी भएको छ ।
सँगै जोडिएका मोटर पार्टस र किराना पसलमा विजुली सर्ट भएर आगोलागी भएको हुन सक्ने अनुमान गरीएको छ । आगो मोटरपार्टस हुदै किरानापसल तर्फ फैलिएको प्रत्यक्षदर्शिले बताएका छन् । टिनको छानो रहेको घरमा प्लाईवेटले पाटेसन गरी २ पसल सञ्चालनमा रहेका थिए ।

आगोलागीले ठूलोरुप लिएपछि कावासोती र भरतपुरबाट बारुणयन्त्र आईपुगेका थिए । बारुण यन्त्र, नेपाल पुलिस, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियको सकृयतामा आगोलागी करिब १ घण्टामा नियन्त्रणमा आएको थियो ।

मोटर पार्टस् तर्फ २ मोटर साईकल, नगद ३० हजार रुपैया र सम्पूर्ण मेसिनरी मोटर पार्टसहरु गरी २० लाख बरावरको क्षति भएको के.के मोटर पार्टस् सञ्चालक भिमा शर्मा जैसीले बताउनुभयो । त्यस्तै तुलसी किराना पसलमा नगद ५० हजार रुपैया सहित १० लाख बराबरको क्षति भएको सञ्चालक तुलसी प्रसाद चौधरीले बताउनुभएको छ । आगोलागीले दुबै पसल पूर्ण रुपमा ध्वस्त भएका छन् ।

SHARE