सागर पोख्रेल
कावासोती, मंसिर, १९
“भाषा कला संस्कृतिःसमग्र राष्ट्रको उन्नती” भन्ने उदेश्यका साथ मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव–२०७६ हुने भएको छ ।
नेवाः समुदायको कला, धर्म,संस्कृतिको उत्थान, सत्भाव र प्रवद्धन र नेवाः समुदायको खानाको परीकार प्रचार प्रसारका लागी आगामी पुष ७ गते देखी १७ गते सम्म,मध्यविन्दु–११,आरुङ्गखोलामा नेवाः देय् दबू नवलपुरको आयोजनामा मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव–२०७६ संचालन गर्न लागीएको आज आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
नेवाः देय् दबू गण्डकी प्रदेशका अध्यक्ष तथा मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव–२०७६का संंरक्षक हरी श्रेष्ठले नेवाः समुदायको कला, संस्कृति,खानाका परीकार प्रवद्धनका लागी महोत्सव गर्न लागीएको जानकारी दिनुभयो ।महोत्सवमा नेवा ः समुदायको मात्र नभई जिल्लामा रहेका आदीवासी जनजातीहरुको कला संस्कृतिको प्रवद्धन, स्थानिय स्तरमा उत्पादीत बस्तुको बजारीकरण समेत गरीने बताउनु भयो ।

सम्पुर्ण पत्रकार मित्रहरुलाई जानकारी गराउन पाउदा हर्षित भएका छौ । साथै उक्त महोत्सवबाट संकलीत रकम नेवाः समुदायको कला, संस्कृति,खानाका परीकार प्रवद्धनमा खर्च गरीनेछ । महोत्सवमा नेवा ः समुदायको मात्र नभई जिल्लामा रहेका आदीवासी जनजातीहरुको कला संस्कृतिको प्रवद्धन, स्थानिय स्तरमा उत्पादीत बस्तुको बजारीकरण, जिल्ला भित्र रहेका कलाकारहरुको प्रवद्धन गर्ने महोत्सवको लक्ष्य रहेकोछ ।
महोत्सवका आर्कषणहरु
मोफसलमै पहिलो पटक नेवाः समुदायको आयोजनामा संचालन गर्न लागीएको महोत्सवमा नेवारी पोषाक सहित समुद्धाटन समारोहको र्यालीमा झाँकी सहित को सहभागीता रहने, पहिलो पटक नेवारी खानाको मात्र परीकारको भिन्न स्टल रहनेछ , साथै उक्त खाना महोत्सवमा काठमाणडौंका कालीगढ बाट तयार गरीने ,राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागीतामा सास्कृतिक कार्यक्रम रहने, महोत्सवको मुल गेट र स्टेजमा नेवारी समुदायको पहिचान झल्कने कपडाको प्रयोग गरीनुको साथै नेवारी संग्रहालय, पुस्तकालय र नेवाः समुदायको परीचय खुल्ने स्टलहरु रहने उक्त अवसरमा जानकारी दिनुभयो
महोत्सवमा थप मनोरन्जन दिन आरुङ्गखोलामा डुङ्गा सयर ,सेल्फी जोन , बाल उद्यान , मिस नेवा ः प्रतियोगीता, नेवा ः डान्स आईडल र जिल्ला स्तरीय दोहोरी गित प्रतियोगिता समेत गरीने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
महोत्सवबाट संकलीत आय रकम नेवाः समुदायको कला, धर्म,संस्कृतिको उत्थानमा खर्च गरीने नेवाः देय् दबू नवलपुरका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताउनुभयो । महोत्सव आगामी पुष ७ गते देखी १७ गते सम्म अरुङ्गखोलाको नदी किनारमा आयोजना गरीएको छ ।

पत्रकार सम्मेलनको भिडियो

SHARE