नवलपुर । पूर्वीे नवलपरासीको भारतीपुरबाट दलदले आउँदै गरेको मोटरसाइकल भीरमा खस्दा एक जनाको घटना स्थल मै मृत्यु भएको छ ।

ना २८ प २२६० नम्वरको मोटरसाइकल हुप्सेकोट गाउँपालिका ५ को पाँग्रे भीरबाट खस्दा मोटरसाइकलको पछाडी सवार भारतीपुरका ५५ वर्षिय बुद्धिमान श्रेष्ठको मृत्यु भएको हो ।

बाटो बनाइरहेको ठाउँ साँघुरो भएको र ढुँगामा ठोक्किएर बाइक खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मोटसाइकल सडकबाट झण्डै १०० मिटर तल भिरमा अड्कीएको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक भारतीपुरकै ५२ वर्षीय राम्जी श्रेष्ठको गम्भीर अवस्थामा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार जारी रहेको छ । अडकिएको मोटरसाइकल झिक्ने प्रयास भइरहेको छ ।

SHARE